logo
  • शनिबार, असोज १० २०८३

गुल्मी महोत्सवमा ५० हजार बढी टिकट विक्रि भए


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल , गुल्मी चैत २५ ।
चैत १६ गतेबाट सुरु भएको तेस्रो गुल्मी महोत्सवलाई हालसम्म एक लाखभन्दा बढीले अवलोकन गरेका छन् ।
१५ गते उद्घाटन गर्ने भनिएपनि प्रतिकुल मौसमका कारण १६ गते मात्रै महोत्सवको उद्घाटन गरिएको थियो । शनिबार आठौै दिनसम्म ५० हजारभन्दा बढी टिकट विक्रि भएका छन् । जसमध्ये १२ हजार विद्यार्थीको टिकट काटिएको छ भने ३८ हजार साधारण टिकट रहेको बाणिज्य संघका कोषाध्यक्ष दुर्गा चन्द बोहोराले बताए ।

शनिबार मात्रै १३ हजार टिकट विक्रि भएको आयोजकले जनाएको छ । जसमध्ये २ हजार विद्यार्थीका र ७ हजार साधारण टिकट विक्रि भएको छ । महोत्सवमा एक हजारभन्दा बढीलाई ससुल्क पास समेत वितरण गरिएको छ । महोत्सव चैत २६ गतेसम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवको अन्त्यतिर आउदाँ केहि प्रतिकुल मौसम देखा परेपनि दर्शकको चापँ भने बढेको बाणिज्य संघले जनाएको छ ।

२५ गतेसम्म संचालन हुने भनिएको महोत्सव उद्घाटनका दिन प्रतिकुल मौसमका कारण स्थगित भएपनि थप एक दिन थपिएको हो ।

२ दिन हेलिकप्टर संचालन

तेस्रो गुल्मी महोत्सवलाई थप आकर्षित गर्न हेलिकप्टर संचालन गरिएको थियो । हेलिकप्टरद्धारा जिल्ला तथा जिल्लाबाहिरका नागरिकले समेत गुल्मी जिल्लाका ऐतिहासिक, पर्यटकिय, धार्मिक स्थलहरुको अबोलकन गरेको कोषाध्यक्ष बोहोराले बताए । हेलिकप्टर सदरमुकाम तम्घास नजिकै रहेको गर्जुराबाट गरिएको थियो ।

रम्बा लोक दोहोरी प्रतियोगीता

अहिले गुल्मी उद्योग बाणिज्य संघले महोत्सव अवधिभर रम्बा लोक दोहोरी प्रतियोगीता संचालन भइरहेको छ । लोक संगीतको संरक्षण तथा नयाँ प्रतिभाहरुको उजागर गर्ने मुख्य उदेश्यले ‘गुल्मी रम्बा तारा दोहोरी गीत’ प्रतियोगिता राखिने भएको गुल्मी उद्योग वाणिज्य संघका महासचिव तारा भुसालले जानकारी दिए । गुल्मी रम्बा तारा दोहोरीगीत प्रतियोगिता उत्कृष्ट हुने प्रतिभालाई रम्बा तयारी चाउचाउको तर्फबाट पुरस्कार प्रदान गरिने छ ।

महोत्सवमा दुई सय स्टल

गुल्मी उद्योग बाणिज्य संघले महोत्सवको लागि दुई सय स्टल राखेको छ । सदरमुकामको चिदीचौर खेल मैदानमा जिल्ला स्थित उत्पादन कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार लगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिने आयोजकले जनाएको छ ।

साथै अम्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक बस्तुहरु महोत्सवमा राखिएको बाणिज्यसंघका सचिव बिरेन्द्र भुसालले बताए । त्यस्तै बाँस तथा निगालोबाट बन्ने अन्य कलात्मक सामग्रीहरूलाई उच्च प्राथामिकताका साथ राखिएको छ ।

भने महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुंगा, कंके देउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्ने अपेक्षा आयोजकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend