साझा नेटवर्क
अनिल खत्री , गुल्मी चैत २४ ।
कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै चलेको तेस्रो गुल्मी महोत्सवको शनिवार भने बिशेष कार्यक्रम भएको छ । गएको चैत १६ गतेबाट सुरु भएको महोत्सवमा दिनानुदिन महोत्सवमा दर्शको भिड वढ्न थालेको हो ।
महोत्सवमा बिभिन्न मनोरञ्जनात्म कार्यक्रमहसँगै बिभिन्न कृषि तथा औद्योगीक सामाग्रीहरु राखिएकाले पनि दर्शकहरुको दैनिक भिड वढ्न थालेको छ । महोत्सवको साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुतिले पनि दैनिक जसो दर्शकहरुको चाप वढि रहेको छ ।
सदरमुकाम तम्घासमा चलेको महोत्सवको नबौं दिनको आकर्षकको रुपमा राजेश पायल राईसँगै धेरै कलाकारहरुबाट मनोरञ्जनात्म कार्यक्रम प्रस्तुत भएसँगै महोत्सव बिशेष बनेको थियो । शुक्रवार कार्यक्रममा आउने क्रममा गाडी दुरघटनामा परेका राईले गीत गाउँने क्रममा गुल्मेलीहरुको मायाँले आफु सकुल कार्यक्रममा गीत गाउँन पाएको बताए ।
उनि दुरघटनामा परि घाइते भएको भन्ने बाहिर आएर धेरै दर्शकहरु चिन्ती भएको प्रति आफु सकुल गुल्मीको मायाँले बचाएको बताए । महोत्सवको प्रस्तुतिमा गायक राईको प्रस्तुति अन्तिम चरण थियो । अरु दिन भन्दा शनिवार महोत्सवमा धेरै चाप थियो । आफनो प्रस्तुति दिन राई बेलुकी साढे पाँच बजे कार्यक्रममा प्रस्तुति दिने पालो आयो । उनको प्रस्तुति हेर्न अन्तिम समय सम्म कुरेर बसेका दर्शकहरु निकै चाख मानेर बसिरहेका थिए । सुरुमै उनले ‘तिमीले बाटो मोडियो अरे’ निकै समधुर गीतबाट प्रस्तुति सुरु गरे ।
कार्यक्रममा पुगेका दर्शकहरुबाट ठुलो स्वरमा हुटिङ्ग आयो । उनले झण्डै डेढ घण्टा सम्म निरन्तर सांगीतिक प्रस्तुतति दिए । त्यो समयमा धेरै दर्शकहरुले साथ दिईरहेका थिए । साँझ पर्दै गयो तर दर्शकहरुको साथ घटेन उनले आफना निरन्तर गीतहरु,‘नाई न भन्नू ल’,‘मत मर्छु की क्या हो’, ‘तिमी ज्यान माग’, ‘मरिलानु के छ र’ जस्ता गीतहरु सुनाए ।
धेरै दर्शकबाट हुटिङ्ग र नाचबाट उनले साथ पाए । शनिवार भएकाले पनि उनको प्रस्तुति हेर्न र उनलाई नजिकबाट हेर्न गुल्मी र जिल्ला बाहिरबाट पनि दर्शकहरु आएका थिए । सांगीतिक प्रस्ुततुतिमा गायक राईले मोहनी लाग्ला है, तिमी राम्रो आखाँमा गाजलले, किन यति धेरै माया, हिजो छुटे देखि , नै जाले मायाँले जस्ता पुरै नाच्न खालका गीत गाए ।
उनका गीतहरु सुन्दै र नाच्दै जाँदा बसेका धेरै जसो उठेर नाचे । प्रस्तुतिमा उनले तिमीले कम्मर भाचेको, छायाँ कति राम्रो, मलाई पनि अंग्रेजीमा , मत मर्छु क्या हो जस्ता १४ वटा गीत गाए । तर दर्शकले उनको अझै अझै भन्दै थिए । रात पर्न आटेपनि उनको प्रस्तुति माग थियो तर कार्यक्रमको निर्धारित समय अबधी सकिएकाले उनले बिदा मागे । गायक राईको प्रस्तुतिमा अबेर सम्म रमाउनेहरु उनका धेरै गीतहरु सुने पनि प्यास नमेटिएको बताउँदै थिए । धेरै गीतहरु लोकप्रिय रहेका छन् । त्यसैले पनि उनलाई दर्शकहरुले धेरै मन पार्ने कलाकारमा पर्दछन् । गायक राईसँगै गायक राजु ढकाल,रामचन्द्र चन्द,शिलु भट्टराई,सन्तु थापा,कमल कार्की, पबित्रा सर्तुङ्गी, शुसिला थापा लगायत धेरै कलाकारहरुको प्रस्तुति रहेको थियो ।
‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य,कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ महोत्सव चलिरहेको छ । महोत्सव मार्फत जिल्लामा लुकेर रहेका साहित्य, संगित, कला, कौशल सिपको संरक्षण सम्बद्र्धन गर्ने, परम्परागत भेषभुषा, सम्पदा, तथा प्रविधिको जर्गेना गर्ने, स्थानीय कृषि एवं औधोगिक उत्पादनको बजारीकरण गर्ने आयोजकले अपेक्षा लिएको छ ।
जिल्लामा रहेका ऐतिहासिक, पौराणिक, धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रवर्धन र प्रचार प्रसार गरी गुल्मीलाई पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गरी जिल्लाको समग्र आर्थिक सामाजिक विकासमा टेवा पु¥याउने विविध उद्देश्यका साथ महोत्सव गरिएको बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले बताए ।
सदरमुकाम तम्घासमा ११ दिन सम्म चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले बताए ।
महोत्सव चैत २६ गते सम्म सञ्चालन हुँदै छ । महोत्सवमा आइतवार हुने प्रस्तुतिमा गायक बद्री पंगेनी,सम्झना भण्डारी, सिता राना लगायत आदा दर्जन कलाकारहरुको प्रस्तुति राखिएको साँस्कृतिक कार्यक्रम संयोज अनुपकुमार श्रेष्ठले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend