logo
  • आइतबार, असोज ११ २०८३

काठमाडौं-रक्सौल रेलमार्ग जोडने सहमति


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क, काठमाडौं ।
काठमाडौं राजधानीलाई भारतीय सीमावर्ती क्षेत्रसँग रेलमार्गले जोड्ने योजनामा नेपाल र भारतले सहमति भएको जनाएका छ।
३ दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिल्लीमा शनिवार औपचारिक भेटवार्ता पश्यात जारी गरिएको संयुक्त वक्तव्यमा उक्त सहमतिबारे विस्तृत खुलाइएको छ। सहमति अनुसार भारतीय पक्षले एक वर्षभित्र उक्त रेलमार्गको प्रारम्भिक सर्वेक्षण एक वर्षभित्र पूरा गर्ने लक्ष्य लिएको बताए ।

कहिले आउला चिनियाँ रेल

कहिलेसम्म बन्ला कार्यान्वयन तथा लगानीको प्रारुपबारे चाहिँ विस्तृत परियोजना प्रतिवेदनमा आधारित रहेर पछि गरिने बताइएको छ। तर भारतीय पक्षको आर्थिक सहयोगमा त्यो निर्माण हुने भने वक्तव्यमा उल्लेख गरिएको छ। रेलमार्गको निर्माणलाई कहिलेसम्म पूरा गर्ने भन्नेबारे दुवै पक्षले तत्काल केही खुलाएका छैनन्।

नेपाल र भारतका सीमावर्ती क्षेत्रलाई जोड्ने रेलमार्ग हाल भएपनि राजधानी काठमाण्डूसँग जोड्ने रेलमार्ग चाहिँ यो पहिलो हुनेछ। अर्को छिमेकी चीनको सीमावर्ती क्षेत्रलाई पनि काठमाण्डूसँग रेलमार्गले जोड्ने तयारी अघि बढिरहँदा दक्षिणी छिमेकी भारतको पछिल्लो सहयोग प्रस्ताव आएको छ।

चीनसँगको सामिप्यतालाई भारतले नरुचाएको देखिन्छ। कतिपयले पछिल्लो भारतीय सहयोगलाई चिनियाँ प्रभावलाई चुनौती दिने कदमका रुपमा अर्थ्याएका छन्। दुवै देशका प्रधानमन्त्रीले विभिन्न पाँचवटा स्थानमा सीमावर्ती क्षेत्रलाई रेलबाट जोड्ने योजनालाई पनि तीव्रता दिने सहमति जनाएको बताइएको छ।

न्यू जलपायुगुडी-काँकडभिट्टा, नौतन्वा-भैरहवा, नेपालगञ्ज रोड-नेपालगञ्ज, जयनगर-बिजलपुरा-बर्दिवास र जोगवनी-विराटनगर रेल मार्गमा काम भइरहेको छ।

यस्तै जयनगरबाट जनकपुर/कुर्था र जोगवनीबाट विराटनगर जोड्ने काम सन् २०१८ भित्रै सकिने वक्तव्यमा जनाइएको छ।रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend