साझा नेटवर्क
सुर्य चन्द, काठमाडौँ चैत २४।
नेपालकै चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को अभिनय रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा कार्टुन्ज क्रुको एकदमै दमदार डान्स देख्न सकिन्छ ।
‘रेली माइ’ बोलको गीतमा टंक बुढाथोकीको स्वर, शब्द तथा संगीत छ ।ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफीमा रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । सरोज अधिकरीको निर्देशनमा बनेको भिडियोलाई सरोजको साथमा सुविन चौहान र राम घलेले कोरियोग्राफी गरेका छन् ।
भिडियोमा कार्टुन्ज क्रुको टीम मेम्बरहरु सरोज अधिकारी, आश्मा बिश्वकर्मा, लाक्पा डि लामा, राम घले, सुविन चौहान र बिकास राईको साथमा दृष्टि श्रेष्ठ, बिजय अधिकारी र दिपेश बुढाथोकी पनि देखिएका छन् । भिडियो हेर्नुहोस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend