साझा नेटवर्क
बिमल खड्का बाग्लुङ चैत २४ ।
पछिल्लो समयमा मानिसहरुमा आधुनिकताले छोएको छ। आधुनिकता छाउदै जादा नदीनालाको आसपासको किनारमा देखिने पानी घट्टाहरु यति बेला गाउँ घरमा यदाकदा मात्र देख्न पाईन्छ ।
उ बेला अन्नबाली पिस्न मिलहरुको अभाव हुदा कैयौ मानिसहरु आफनै घरको झातोमा पिसेर गुजारा चलाउने गर्दथे । यदि कुनैको घरमा अन्नबाली पिस्ने झातो नहुँदा अरुकोमा नै गएर पिस्ने चलन रहिआएको थियो । तर आज भोली प्रबिधिको बिकास सँगै मानिसहरुमा त्यो प्रचलन हट्दै गयो । धेरै परको कुरा नगरौ हामी हाम्रो आमा हजुरआमा हजुरबुवालाई सोध्यौ भने पहिले हातमा ठेला परुन्जेल अन्नबाली पिसेर दैनिकी गुजरा चलाउदथौँ भन्नुहुन्छ उहाँहरु त्यो कुरा हामीलाई नप्चन सक्छ ।
त्यसरी चलिरहेको मानिसको जीवन अहिले आउदा त्यो भन्दा धेरै अन्तर छ । त्यसैका बावजूद पनि कुनै न कुनै ठाउँमा त्यस्तो पनि छ कि बुढा बाबुहरुले अंगाल्दै आएको पेसा छोराहरुले सम्हालिरहेका छन । त्यसका उदाहरणका एक पात्र हुन बागलुङ जिल्ला बडीगाड गाउपालिका ९ दर्लिङ खोलाका तेज प्रसाद श्रेष्ठ । उनी बिहान सबेरै घरको काम सकेर आफुले गर्दे आएको पेसा पानी घट्टामा पुग्छन । बरिपरी पानी घट्टा भएपनि उनकोमा बढी पिसाउनेको भिड् लाग्ने गर्दछ । किन भने उनकोमा २ वटा पानी घट्टाहरु छन । उनको बोल्ने शैली पनि फरक छ त्यसैले उनकोमा पिसाउनेहरुको भिड लाग्ने गर्दछन । अन्न बाली पिसाउन आउनेहरुलार्ई सोध्यौँ भने मिलहरुमा पिसाएको अन्न भन्दा पानी घट्टामा पिसाएको अन्न बढी स्वादिष्ठ हुने बताउछन ।
उनले मकै, चामल, कोदो, फापर, बेसार पिस्ने गर्दछन । त्यसरी पिस्दा उनले एक पाथीको ६ मुठी बाली अथवा भुति लिने गर्दछन । यसरी पिसाएबापत एक मुरी अन्नको १ सय ५० लिने गर्दछन ।यसरी कमाई गरेको श्रेष्ठले बार्षिक १ लाख ५० हजार भन्दा बढी कमाउने गरेको बताउछन । ६ जनाको परिवार भएकोमा २ छोराहरु उनीबाट छुटिएर बसेका छन । तर अहिले परिवारमा बुढा बुढी छन । उनीहरुको जीवनमा पानी घट्टा आर्थिक उपार्जन गर्ने माध्यम नै त्यहि बनेको छ । उनी भन्छन अन्न पिसाएपछि अन्न पिसाए बापत अन्न नै भूती दिए पनि यसरी जम्मा भएको भूती एक मुरीलाई २ हजार पर्ने गरेको बताउछन ।
यसरी संचालन भएको पानी घट्टामा उनले १ लाख लगानी छ । बुढेसकालमा छोरा बुहारी आफ्नै घरमा छन हामीलाई खानको लागी र जीवन गुुजारा गर्न पानी घट्टा साहरा बनेको छ । बिदेश जान पनि नसकिने भएकाले यो पेशाबाट ज्यादै सन्तुष्टी भएको बताउछन । उनी जस्तै युवाहरुले यस्तो पेशा अंगाल्नेहो भने बिदेशमा गएर पौरख बच्न पर्दैन थौँ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend