साझा नेटवर्क
अनिल खत्री , गुल्मी चैत २३ ।
कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सुरु भएको तेस्रो गुल्मी महोत्सवको शनिवार अर्थात चैत २४ गतेको नबौं दिनको कार्यक्रम बिशेष हुने भएको छ ।

गएको चैत १६ गतेबाट सुरु भएको महोत्सवमा दिनानुदिन महोत्सवमा दर्शको भिड वढ्न थालेको हो । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य,कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ महोत्सव चलिरहेको छ।
महोत्सवमा बिभिन्न मनोरञ्जनात्म कार्यक्रमहसँगै बिभिन्न कृषि तथा औद्योगीक सामाग्रीहरु राखिएकाले पनि दर्शकहरुको दैनिक भिड वढ्न थालेको छ । महोत्सवको साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुतिले पनि दैनिक जसो दर्शकहरुको चाप वढेको हो ।
सदरमुकाम तम्घासमा चलेको महोत्सवको नबौं दिनको आकर्षकको रुपमा राजेश पायल राईसँगै कलाकारहरु आउने भएपछी कार्यक्रम बिशेष बन्ने आयोजकले अपेक्षो लिएको छ । राईका धेरै गीतहरु लोकप्रिय रहेका छन् । उनका धेरै गीतहरु मनपराउनेहरु महोत्सवमा आउने भएसँगै कार्यक्रम बिशेष बन्ने अपेक्षा गरिएको हो ।
गायक राईसँगै गायक राजु ढकाल,रामचन्द्र चन्द,शिलु भट्टराई,कमल कार्की,पबित्रा सर्तुङ्गी, शुसिला थापा लगायत धेरै कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्वको आठौ दिन गायिका शोभा त्रिपाठी,न्तिश्री परियार, बावुराम पन्थी, ओम ज्ञवाली, अर्जुन कुँवर लगायत अरु कलकारहरुको प्रस्तुति रहेको थियो ।
महोत्सवको अबसरमा सञ्चालन भएको स्थानिय तह स्तरिय दोहोरी गीत प्रतियोगीता पनि सम्पन्न भएका छन् । प्रथम चरण पार गरेर आएका मध्ये शुक्रवार गुल्मी दरवार गाउँपालिका र रेसुङ्गा नगरपालिका बिच दोहोर गीत प्रतियोगीता भएको थियो । प्रतियोगीतामा रेसुङ्गा नगरपालिकाले अर्को प्रतियोगीतामा सहभागी हुने गरि छनोट भएको छ।
गुल्मी महोत्सव मार्फत जिल्लामा लुकेर रहेका साहित्य, संगित, कला, कौशल सिपको संरक्षण सम्बद्र्धन गर्ने, परम्परागत भेषभुषा, सम्पदा, तथा प्रविधिको जर्गेना गर्ने, स्थानीय कृषि एवं औधोगिक उत्पादनको बजारीकरण गर्ने आयोजकले अपेक्षा लिएको छ । जिल्लामा रहेका ऐतिहासिक,पौराणिक, धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रवर्धन र प्रचार प्रसार गरी गुल्मीलाई पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गरी जिल्लाको समग्र आर्थिक सामाजिक विकासमा टेवा पु¥याउने विविध उद्देश्यका साथ महोत्सव गरिएको बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले बताए ।
सदरमुकाम तम्घासमा १० दिन सम्म चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले बताए । महोत्सव चैत २६ गते सम्म सञ्चालन हुँदै छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend