logo
  • आइतबार, असोज ११ २०८३

जबरजस्तिकरणको प्रयास गर्ने युवक पक्राउ


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल , गुल्मी चैत २२ ।
गुल्मीमा क्याम्पस जाने छात्राहरुलाई जबर जस्तिकरण गर्न खोज्ने युवक पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वार्ड नम्बर २ का १७ बर्षिय शुसिल विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पिडितको मुद्धाको आधारमा प्रहरीले युवकलाई पक्राउ गरी पाचँ दिन म्याद थप गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका असई सत्य यादवले बताए ।सदरमुकाम तम्घासमा रहेको एक क्याम्पसमा पढ्दै आएका १८ र २१ बर्षका दुई युवतीलाई मंगलबार बिहान ५:५० मा विकले जबरजस्तिकरणको प्रयास गरेका थिए ।

क्याम्पस जाने क्रममा पोसाकमै करणी प्रयास गरेको भन्दै विकलाई जबरजस्तिकरणीको मुद्धा अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर डाक्टर प्रसाद चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend