logo
  • आइतबार, असोज ११ २०८३

नेकपा माओवादी केन्द्र द्वारा भेटघाट तथा प्रशिक्षण सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

बिमल खड्का , बुर्तिबाङ चैत २१ ।
नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका  स्तरीय भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
भेटघाट तथा प्रशिक्षण कार्यक्रमा बिगतमा भएका स्थानीय तह संघ र प्रदेशको निर्वाचनको बारेमा समिक्षा सहित भावी योजना बारेमा छलफल गरिएको छ। प्रशिक्षण तथा भेटघाट कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा  माओवादी  केन्द्रका पोलियुटब्युरो सदस्य एव जिल्ला ईन्चार्ज फमलाल निउरेले पाटिमा पहिले जे जस्तो गल्ती कम्जोरी भएपनि त्यसलाई सच्चाउदै अब  पार्टीको सदस्ययता नविकरण कमिटीलाई जागरुक बनाउनेमा पहल थाल्नु पर्ने बताएका छन ।

नेपालमा सैद्धान्तिक हिसाबले पाटी कमै पुटेको स्मरण गराउदै नेता मिलेपछि सिद्धान्त र पार्टीका कार्यक्रम पनि मिल्ने उनले बताए । नेपालमा बनेको संविधान अहिले।सम्मकै उत्कृष्ट भएकाले यो कार्यनयन पछि मात्र जनताले बिकासको अनुभुती गर्ने बताएका छन । आज भोली कम्युनिस्ट भने पनि व्यबहारमा कोहि पनि कम्युनिस्ट सिद्धान्तमा नरहेको उनको ठम्याइ रहेको छ।

कार्यक्रममा नेकपा माओवादि केन्द्र केन्द्रिय आयोजक समिति सदस्य तथा जिल्ला संयोजक ज्ञामनाथ गैरे अनिलले देशलाई बिकाश र समृद्धिमा लैजान बाम पाटिहरुको एकता हुनुपर्नेमा जोड दिएका छन । उनले भने देशको राष्ट्रिय अर्थतन्त्र बढाउन र दलाल पुजीपति निर्मुलका लागि २१ औ शताब्दीको समाजवादी क्रान्तिको आवश्यकता रहेको बताएका छन । सिहदरबारको अधिकार गाउँ गाउँ आएको भन्दै यसलाई दिर्धकालिन रुपमा स्थापित गराउन जनतानै आफै सचेत हुनुपर्ने बताएका हुन ।

त्यसतै नेकपा माओवादि केन्द्र केन्द्रीय आयोजक समितिका सदस्य तथा जिल्ला सह संयोजक राजिव घिमिरेले देशमा एमाले र माओवादिको एकताको खाका आईसकेकाले अब एकता संख्यामा नभई गुणमा हुनुपर्ने बताएका छन। एकता आडमब र अहंकारले नभई सालिनतामा बताउदै । राजनैनिक बैचारिक र साङगाठानिकरुपमा नेता तथा कार्यकर्ताको व्यवस्थापन नै एकता र मजबुत र सृदिकरण हुने बताए ।

भेटघाटमा ढोरपाटन नगरपालिकाका ९ वटै वडाहरुबाट पाटिमा भईरहेका गतिविधिका बारेमा रिपोर्टिङ गरिएको थियो । कार्यक्रममा पाटिका सदस्य लगाएत अन्य केन्द्र सदस्यियहरुलाई पाटिको सदस्य नविकरण तथा सदस्यता लिनका लागि आबहान गरिएको छ । कार्यक्रममा नेकपा माओवादि केन्द्र जिल्ला सचिवालय सदस्य चन्द्र बहादुर थापा शिखरले पाटिको गत चैत १० गते गरेको परिपत्र बाचन गरेर सुनाएका थिए । एकीकृत अखिल शिक्षक संगठनका जिल्ला अध्यक्ष नगेन्द्र खरेल ढोरपाटन नगरपालिका वडा १ का वडाअध्यक्ष चित्र बहादुर भण्डारी निशिखोला वडा न २ का कुविर बिक एकीकृत अखिल शिक्षक संगठन बरिष्ठ उपाध्यक्ष जित बहादुर थापा लगाएले बोलेका थिए।

कार्यक्रममा ढोरपाटन नगरपालिका नगर कमिटीका संयोजक चन्द्रलाल अर्यालको अध्यक्षता उपसंयोजक शेरमान घर्तिको स्वागत सचिव भिम बहादुर गौतमको संचालनमा सम्पन्न भएको छ।पाटिको जिल्ला व्यापी अभियानमा आईतबार निशिखोला गाउँपालिका सोमबार तमानखोला गाउँपालिकामा प्रशिक्षण तथा भेटघाट सम्पन्न भएको छ । भने बुधबार बडिगाड गाउपालिकामा गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend