logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी महोत्सवमा थप आर्कषणमा हेलिकप्टर को व्यवस्था


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री , गुल्मी चैत १९ ।
कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै तेस्रो गुल्मी महोत्सवमा हेलिकप्टरको भएको छ । महोत्सवलाई थप आर्कषण बनाउनको लागी भन्दै महोत्सव अबधिभर मध्ये तेस्रो र चौथो दिन चैत आइतवार र सोमवार अर्थात १८ र १९ गते २ दिनलाई मात्रै हेलिकप्टरको व्यवस्था भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका पुर्व अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
हेलिकोप्टरद्वारा जिल्लाका ऐतिहासिक, पर्यटकीय, धार्मिक स्थलहरुको दृश्यावलकन गर्न सकिने पूर्व अध्यक्ष श्रेष्ठले बताए । हेलिकप्टर उडानको लागि सदरमुकाम तम्घास नजिकै रहेको जडजुराबाट उडान गरिएको हो ।हेलिकप्टर चेढेपछी महोत्सव सञ्चालन स्थलसँगै जिललाका बिभिन्न धार्मिक तथा ऐतिहासिक मनमोहक स्थलहरु देख्न सक्नेछन् । महोत्सवमा हेलिकोप्टर चढनको लागि प्रति व्यक्तिको लागी ५ मिनेट बराबर ५ हजार रकम तोकिएको छ ।

जिल्लाको ऐहिसिक क्षेत्रहरुको प्रचार प्रसारसँगै महोत्सवलाई थप रमाइले मय बनाउनको लागी हेलिकप्टरको व्यवस्था गरिएको श्रेष्ठले बताए । गुल्मी महोत्सव मार्फत जिल्लामा लुकेर रहेका साहित्य, संगित, कला, कौशल सिपको संरक्षण सम्बर्धन गर्ने, परम्परागत भेषभुषा, सम्पदा, तथा प्रविधिको जर्गेना गर्ने, स्थानीय कृषि एवं औधोगिक उत्पादनको बजारीकरण गर्ने आयोजकले अपेक्षा लिएको छ ।

जिल्लामा रहेका ऐतिहासिक, पौराणिक, धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रवर्धन र प्रचार प्रसार गरी गुल्मीलाई पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गरी जिल्लाको समग्र आर्थिक सामाजिक विकासमा टेवा पु¥याउने विविध उद्देश्यका साथ महोत्सव गरिएको बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले बताए ।

गुल्मी उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला समन्वय समिति गुल्मी, रुरु रेसुङ्गा संरक्षण तथा पर्यटन विकास समिति, रेसुङ्गा नगरपालिका गुल्मी को सह–आयोजनामा रहेको छ । चैत १६ देखि सुरु भएको महोत्सव चैत २५ गते सम्म सञ्चालन आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend