logo
  • आइतबार, असोज ११ २०८३

देसको मुख्य प्रतिपक्ष नै गरिबी :परराष्ट्रमन्त्री ज्ञवाली


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री , गुल्मी चैत १७ ।
परराष्ट्रमन्त्री पदिपकुमार ज्ञवालीले देसको मुख्य प्रतिपक्ष नै गरिबी भएको बताएका छन् । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै तेस्रो गुल्मी महोत्सव गुल्मीमा सुरु भएको तेस्रो गुल्मी महोत्सवको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले अहिले देसमा कुनै पनि प्रतिपक्ष नभएको र मुख्य गरि गरिबी नै रहेकाले राजनीतिक लडाई समाप्त भएकाले अबको लडाई भएको र गरिबी अत्यसँगको लडाई भएकाले सरकारको प्रथामिकतामा गरिबी अत्य रहेको बताए । ज्ञवालीले देसको मुख्य बिकासमा कृषि र पर्यटनलाई दरिलो आधार बनाएर यसको आधुनिकरणमा जोड दिनुपर्ने बेला आएको बताए । सकेसम्म नेपालमै रोजगारिको सृजना गरि काम गर्ने छौ मन्त्री ज्ञवालीले भने ‘यदि देसका युवाहरु बिदेस जान परे सिप सहित सम्मान पुर्वक काम गर्ने अबस्था सृजना हुनेछ ।’
उनले गुल्मी भारत र चिनसँग जोडिने सड्क मार्ग जोडिएर काडिगण्डकी करीडोर निर्माण पुरा हुँन लागेकाले त्यसले दुबै देसबाट फाइदा लिन सकिने बताए । मन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय जगतमा नेपालको शिर ठाडो हुँने गरि काम गर्ने प्रतिबद्धता समेत जनाए । अन्य देशहरुमा गएर हस्ताक्षर गर्ने तर नेपालमा आएर राष्ट्रियताको डम्फो बजाउने कार्य यो सरकारको नगर्ने बताए । नेपालमा अब कृषि आधुनिकरण जल बिद्युत उत्पादन पर्यटन भूर्वाधार बिकास व्यवसायी गर्दै अगाडी वढनेमा सरकार लागी परेको बताए ।

ज्ञवालीले यी सबै क्षेत्रहरुलाई व्यवसायी करण गर्दै परनिर्भरतालाई अत्य गर्ने सरकारको प्रथामिकता रहेको बताए । गुल्मी जिल्लालाई कृषि र पर्यटनको थुप्रै सम्भावना रहेकाले बिस्तृत खाका बनाई बिकासमा गुल्मीलाई चिनाउने गरि अगाडी वढन् आग्रह गरे । ज्ञवालीले मुलक अब नयाँ युगमा प्रबेश गरेकाले राज्यमा कुनै ढिला सुस्ती र भष्टचारको बिरुद्धमा राज्यले मुखदर्शक भएर नबस्ने बताए । प्रधानमन्त्रीको आगामी भारत भ्रमण सद्भावका लागि मात्रै भएको ज्ञवालीले बताए ।

गठबन्धनको स्थिर सरकार गठन भएकाले भारतले आफुहरुसंग सहकार्य गर्न चाहेकाले प्रधानमन्त्रीको भारत भम्रण तय भएको उनले बताए । ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणले भारत र नेपालबिचको केहि समयदेखिको तिक्तत्ता मेटिने विश्वास व्यक्त गरे । देशमा स्थिर गठबन्धन सरकार गठन भएकाले यो पहिलो बर्ष धेरै महत्पूर्ण उच्च स्तरिय भ्रमणहरु हुने उनले बताए । ‘धेरै देशसंग मैत्रिपूर्ण सम्बन्ध स्थापित गर्ने लक्ष्य यो सरकारको हो, यो बर्ष थुप्रै मुलुकको भ्रमण हुन्छ,’उनले भने,‘सवैले देशमा स्थिर सरकार गठन भई शान्तिको वातावरण कायम भएको सन्देश पु¥याउने छन् ।’

नेकपा एमाले र माओवादी केन्द्रसँगको एकतालाई खलबलाउने प्रयास भइरहेकाले त्यो सफल हुन नसक्ने बताए । शुक्रवार उद्घाटन हुने भनिएपनि हावाहुरी र पानीले गर्दा शनिवार महोत्सवको बिधिवत रुपमा उद्घाटन भएको हो ।
गुल्मीमा तेस्रो गुल्मी महोत्सवको सुरु कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै तेस्रो गुल्मी महोत्सव सुरु भएको छ । गुल्मी उद्योगवाणिज्य संघ गुल्मीको आयोजनामा शुक्रवारबाट सुरु भएको महोत्सव चैत २५ गते सम्म सञ्चालन हुने छ । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य,कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका तय गरिएको छ ।

महोत्सवमा गुल्मीमा उत्पादित बिभिन्न कृषि जन्य सामाग्रीहरुलाई मुख्य प्रथामिकता दिँदै ढिकी, जातो,मान्छेबाट कोल घुमाएर उखु पेल्ने, लगायत लोप उन्मुख हुन लागेका बिभिन्न पुराना सामाग्रीहरु प्रर्दशन गरिएको छ । महोत्सवको अबसरमा बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु,बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि प्रर्दशन गरिएको थियो । वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ ।

महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकताका दिँइएको छ । महोत्सवमा १ लाख ५० हजारले अबलोकन गर्ने अपेक्षा लिएको छ । महोत्सवबाट कुल १२ करोड भन्दा वढी कारोबार हुने अपेक्षा लिइएको छ । महोत्सवमा २ सय ८० स्टल रहने भएका छन् । कुल स्टल मध्ये ४० वटा स्टलहरुमा कृषि जन्य उत्पादित सामाग्रीहरु तथा बिउ बिजनहरु,बाँस तथा निगालो,सेरामिक्सबाट बनेका सामाग्रीहरु राखिएको स्टल संयोजक बाणिज्य संघ गुल्मीका सचिव बिरेन्द्र भुसालले जानकारी दिए ।

अरु बाँकी स्टलहरुमा औधोगिक क्षेत्रबाट उत्पादित सामाग्रीहरु राखिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा १० दिन सम्म चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले बताए ।

महोत्सव सम्पन्न गर्नको लागी आगन्तुकहरुलाई स्वागत गर्न भन्दै तम्घास बजार बासीले आफनो घर अगाडी स्वागत ब्यानहरु रोखेर तम्घास बजार सिगारेका थिए । महोत्सवमा थप आकर्षक बनाउनको लागी हेलिकप्टरको व्यवस्था हुने भएको छ । हेलिकप्टर द्धारा गुल्मी जिल्लाका ऐतिहासिक, पर्यटकिय, धार्मिक स्थलहरुको दृश्याबोलकन गर्न सकिने पुर्व अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले बताए ।

महोत्सव अबधी भर मध्ये चैत १८ र १९ गते २ दिन मात्र हेलिकप्टरको व्यवस्था गरिएको छ । महोत्सवमा लोक दोहोरी क्षेत्रलाई संरक्षण तथा उजागर गर्ने मुख्य उदेश्यले स्थानिय तह स्तरिय ‘गुल्मी रम्बा तारा दोहोरी गीत’ प्रतियोगिता राखिएको छ । गुल्मी रम्बा दोहोरी प्रतियोगिताको लागी १० वटा स्थानिय तहबाट सहभागिता रहेकोमहोत्सव साँस्कृतिक कार्यक्रम संयोजक अनुपकुमार श्रेष्ठले जानकारी दिए ।

महोत्सव सम्पन्न गर्न र थप प्रभावकारी बनाउनको बिभिन्न २६ वटा उपसमिति गठन गरिएको थियो । महोत्सवलाई तम्घास स्थित चिदीचौर खेल मैदान र महेन्द्र माबिको खेल मैदान प्रयोग भएको छ । चिदीचौर खेल मैदानमा जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु,मनोरञ्जनात्म पिङ्ग लगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिने भएको छ ।

महेन्द्र माबिको खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरु राखिएको छ । महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत बाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend