logo
  • आइतबार, असोज ११ २०८३

प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै नयाँ सम्झौता हुँदैन : मन्त्री ज्ञवाली


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल , गुल्मी चैत १७ ।
परराष्ट्रमन्त्री तथा एमाले सचिव प्रदिपकुमार ज्ञवालीले नेपालले अन्तराष्ट्रिय मुलुकहरुसँग सुमधुर सम्बन्ध कायम गर्न चाहेकोले प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्न लागेको बताएका छन् । गृहजिल्ला गुल्मीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता ज्ञवालीले प्रधानमन्त्रीको भारत भ्रमण कुनै सहयोग लिन नभई आपसी सम्बन्ध मजबुत बनाउन रहेको बताए ।
नयाँ सरकार गठन भएसँगै नेपालले अन्तराष्ट्रिय सम्बन्ध कायम गर्न चाहेकोले प्रधानमन्त्रीले भारत भ्रमण गर्न लागेको उनको भनाई छ । विगतका दिनहरुमा भएका कमिकमजोरीहरु सच्याउदै नेपालको स्वनिर्णयको अधिकार उपयोग गर्न र विकासमा साझेदारी गर्न प्रधानमन्त्री ओलीले कुनै नयाँ सम्झौता नगर्ने पनि उनको भनाई छ ।

 पार्टी  एकता बैशाख १० मा, भागवण्डाले असर नगर्ने

नेता ज्ञवालीले नेकपा एमाले र नेकपा माओवादी केन्दबिच हुन लागेको पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका छन् । कार्यदलले पार्टी एकताको खाकालाई अन्तिम रुप दिएको र ढिलोमा बैशाख १० गतेसम्म पार्टी एकता हुने समेत उनले दाबी गरे । तर पार्टी एकता गर्दा ५०/५० प्रतिशत लगायतका भागवण्डाले कुनै असर गर्ने समेत उनले बताए । पार्टी एकता गर्दा भागभण्डा भन्दापनि कार्यदक्षताका आधारमा गरिने उनको भनाई छ ।

भष्ट्राचार निर्मुल पारिने

अर्को प्रसगंमा उनले नेपाल भष्ट्राचारले गर्दा नै पछाडि परेकोले अब त्यसको समेत अन्त्य गरिने बताएका छन् । ‘भष्ट्राचार स्थानिय स्तरदेखि केन्द्रसम्मको समस्या हो ।’ उनले भने, ‘यसलाई जरैदेखि निर्मुल पार्नु जरुरी छ ।’ यसका लागि सरकार दृढ रुपमा लागेको भन्नै अब भष्ट्राचारमुक्त नेपालको निर्माण हुने समेत उनले बताए ।

भष्ट्राचार न्युनिकरण गरेमा मात्र मुलुकको आर्थिक अवस्था सुदृढ हुने भन्दै उनले यसका लागि सरकारले विशेष पहल गरेको उनको भनाई छ । त्यसका साथै सरकार देशका कुनै पनि नागरिकले पछाडी परको महसुस नहुने गरी काम गर्ने समेत पतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend