logo
  • आइतबार, असोज ११ २०८३

पूर्व अध्यक्ष घिमिरेको पत्नीको उपचारमा पत्रकार महासंघ गुल्मीको सहयोग


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी चैत १३ ।
नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरेकी पत्नीको उपचारमा पत्रकार महासंद्धघ गुल्मी शाखा आर्थिक सहयोग गर्ने भएको छ । महासंघको मंगलवार तम्घासमा सम्पन्न बैठकले पूर्व अध्यक्ष घिमिरेको पत्नीको सिघ्र स्वास्थ्य लाभवको कामना गर्दै उपचारमा सहयोग गर्न भन्दै नगद रु २० हजार दिने निर्णय गरेको हो ।
पूर्व अध्यक्ष घिमिरेको पत्नी स्तन क्यान्सर भई हाल काठमाडौमा उपचारत रहेकी छन् । उनको उपचारमा सानो सहयोग गरेर केहि मलम लगाउने प्रयास स्वरुप सहयोग गरिएको पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले जानकारी दिए । बैठकले आगामी चैत मसान्त भित्र जिल्ला शाखामा आबद्ध सदस्यहरुको ०७४ सालको सदस्यता नबिकरण गर्ने निर्णय समेत गरेको छ । बैठकले जिल्ला कार्य समितिमा रहेका रामकृष्ण कँडेल र राजेन्द्र पन्थीलाई कार्य व्यस्तताको कारण जिल्ला बाहिर रहेकाले सदस्य पदबाट बिदा गरि पाल्पा शाखाबाट गुल्मी शाखामा आएका तिलाचन पाण्डेलाई सदस्यमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

त्यस्तै जिल्ला शाखा गुल्मीमा रहेका भुवन रायमाझीको सदस्यता पाल्पा जिल्ला शाखा पठाइएको जनाएको छ । महासंघको रिक्त रहेको सल्लाहाकार समितिमा पूर्व अध्यक्ष हरिकुमार श्रेष्ठ,घनश्याम गौतम र जनार्दन घिमिरेलाई राख्ने निर्णय भएको महासंघ गुल्मीका सचिव टोपलाल आर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend