साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी चैत १० ।
लक्ष्मीनारायण महिला कृषि सहकारी संस्था वामीको आयोजना, कारीतास नेपालको आर्थिक सहयोग तथा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाइ परियोजना दोस्रो चरणको सहयोगमा आज मुनपा ७/ ८ का महिलाहरुलाइ कृषि तालिम प्रदान गरीएको छ ।
बुद्धलक्ष्मी इभिजन हल वामीमा भएको तालीममा बिषादीरहित तरकारी तथा जैविक मल उत्पादनको बिषयमा कारीतास नेपालकी कृषि प्राविधिक सिर्जना कंडेलले प्रशिक्षण दिनुभएको थियो भने पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाइ परियोजना दोस्रो चरणको तर्फबाट सिर्जना खडकाले पुर्ण सरसफाइ सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा वडा नम्बर ७ र ८ का १०० भन्दा बढी महिला कृषकहरुको सहभागीता रहेको थियो ।
लक्ष्मीनारायण महिला कृषि सहकारीका सल्लाहकार संयोजक दिल कुमारी मल्लको अध्यक्षता रहेको सो कार्यक्रममा मुनपा नगरकार्यपालिका सदस्य सत्या जिसीको प्रमुख आतिथ्यता रहेको थियो भने सञ्चालन लक्ष्मीनारायण महिला कृषि सहकारीको अध्यक्ष यमुना घिमिरेले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend