logo
  • शुक्रबार, असोज ९ २०८३

साँझ परे पछि तान्न मन लाग्छ च्वास्स च्वास्स” भन्दै भट्टीमा भेटिए


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सुर्य चन्द , काठमाडौं चैत ८ l
गायक तथा संगीतकार रमेश श्रेष्ठ मेलोडिको “साँझ परे पछि तान्न मन लाग्छ च्वास्स च्वास्स” नामक गीतको म्युजिक भिडियो सार्बजानिक भएको छ l
दर्जनौ हिट तथा सुमधुर गितहरु नेपाली सांगीतिक बजारमा पस्केर चर्चा कमाएका गायक रमेश श्रेष्ठ मेलोडीको विभिन्न मेला महोत्सब देखि एफ एम रेडियोहरुमा हिट भएर चर्चित भएको यस गीतलाई गायक मेलोडिले म्युजिक भिडियो मार्फत सार्बजानिक गरेका हुन् l पछिल्लो समय चर्चामा रहन सफल गायक रमेश श्रेष्ठ मेलोडीको आजकल व्यस्तता समेत दिनानुदिन बढ्दै गएको छ l
गीतकार बिनोद बन्जाराको शब्द रहेको यस गीतमा संगीत गायक रमेश श्रेष्ठ आफैले भरेका छन भने एरेन्ज शिब मुखियाको रहेको छ l एकान्त मगरले छायांकन गरेको यस म्युजिक भिडियोलाई शिब पौडेलले निर्देशन गरेका छन भने म्युजिक भिडियोमा गायक रमेश श्रेष्ठ लगायत राजु लामा र सबिता राइको अभिनय रहेको छ l भिडियो हेर्नुहोस l

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend