साझा नेटवर्क
हुमाकान्त पोखरेल , गुल्मी चैत ७ ।
चैत ४ गतेदेखि सुरु भएको धुर्कोट धार्मिक महोत्सवमा मंगलबारसम्म २३ लाखभन्दा बढी रकम संकलन भएको छ । धार्मिक मेलाको पहिलो दिन आइतबार ११ लाख ५५ हजार र दोस्रो दिन सोमबार ६ लाखभन्दा बढी रकम संकलन भएको छ ।
त्यस्तै तेस्रो दिन मंगलबार ६ लाख ६० हजार पाचँ सय ३४ रुपैँया संकलन भएको महोत्सवका आर्थिक संयोजक दिपक भण्डारीले जानकारी दिए । मंगलबार धुर्कोट गाउँपालिका ३ हाडहाडे निवासी छविलाल काउछाले ५१ हजार सात सय ७७, mओम बहादुर थापाले ५५ हजार पाचँ सय ५५ रकम मन्दिरलाई दान गरेका छन् । त्यस्तै धुर्कोट गाउँपालिका वार्ड नम्बर ६ रजस्थल निवासी चुमकला खड्काले ४१ हजार एक सय एक, राधिका खड्काले ४० हजार र सावित्रा कार्कीले २१ हजार एक सय ५१ रुपैँया दान गरेको मेला आयोजक समितिले जनाएको छ ।
धुर्कोट धार्मिक महोत्सवलाई गुल्मीका स्थानिय तहले पनि रकम प्रदान गरेका छन् । मंगलबार चन्द्रकोट गाउँपालिकाले २० हजार एक सय, कालिगण्डगी गाउँपालिकाले २० हजार पाचँ र सत्यवती गाउँपालिकाले २० हजार पाचँ रुपैँया आर्थिक प्रदान गरेका धार्मिक मेला मूल आयोजक समिति सचिव कृष्ण केसीले बताए । धार्मिक महोत्सवमा कुल दुई करोड संकलन गर्ने लक्ष्य लिइएको छ ।
नमुना गाउँपालिका बनाउन धार्मिक महोत्सव
‘धुर्कोटको विकास हाम्रो शन, धुर्कोटको कोट हाम्रो पहिचान’ भन्ने नाराका साथ धार्मिक महोत्वस संचालन गरिएको छ । धुर्कोट गाउँपालिका वार्ड नम्बर ६ धुर्कोट रजस्थलमा रहेको खड्गछत्र मन्दिरमा मन्दिर ब्यवस्थापन समिति र धुर्कोट गाउँपालिकाको प्रवर्धनमा धार्मिक महोत्वस सुरु भएको हो । धार्मिक महोत्वस चैत १० गतेसम्म एक हप्ता संचालन हुने आयोजकले बताएको छ । धार्मिक महोत्वसमा युवा तथा बाचन सम्राट पण्डित भिमकान्त पन्थीको मुखारबिन्दबाट प्रवचन भइरहेको छ । ऐतिहाँसिक धुर्कोट कोटको संरक्षण तथा मन्दिर निर्माण सहयोगार्थ श्रीमत भागवत् सप्ताह धुर्कोट धार्मिक महोत्वस २०७४ संचालन गरिएको गाउँपालिकाका उपप्रमुख शिव खत्रीले बताए ।
धुर्कोट गाउँपालिका वार्ड नम्बर ६ धुर्कोट रजस्थलमा रहेको खड्गछत्र मन्दिर ब्यवस्थापन समितिको आयोजना तथा धुर्कोट गाउँपालिकाको प्रवर्धनमा धुर्कोट धार्मिक मेला हुन लागेको हो । धार्मिक महोत्सवमा युवा तथा वाचन सम्राट भिमकान्त पन्थीको मुखारबिन्दबाट प्रवचन हुने आयोजकले जनाएको छ । धुर्कोट कोटको संरक्षण तथा प्रवर्धन गरी नयाँ मन्दिर निर्माण गर्ने उदेश्यले धार्मिक मेलाको अयोजना गरिएको गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए ।
वडाध्यक्षको अध्यक्षतामा आर्थिक समिति
धुर्कोट गाउँकार्यपालिका र स्थानिय बिच भएको निर्णयअनुसार प्रत्येक घरधुरीबाट न्यूनतम दुई सय उठाउने सहमति भएको थियो । जसअनुसार सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । गाउँपालिकामा भएका पाचँ हजार दुई सय घरधुरीमध्ये अधिकाशंले न्यूनतम शुल्क पनि दिएको आर्थिक समितिले जनाएको छ । स्थानियले तोकेभन्दा बढी पनि धार्मिक मेलालाई आर्थिक सहयोग गरेको धार्मिक मेला आर्थिक समिति संयोजक दिपक भण्डारीले जानकारी दिए । मेलामा आर्थिक संकलन गर्ने उदेश्यले बुटबल र काठमाडौमा बसोबास गर्ने धुर्कोटबासिहरु सँग छलफल र अन्तरक्रिया समेत गरिएको थियो ।
२० लाख दिनेको पूर्णकदको शालिक बनाइने
धार्मिक महोत्सवमा एक हजारसम्म दिनेलाई रसिद दिने, एक हजारदेखि ५ हजारसम्म रसिद, प्रमाणपत्र र खादाले सम्मान गरिने भएको छ । त्यस्तै पाचँ हजारदेखि १० हजारसम्म दिनेलाई फ्रेममा प्रमाणपत्र, दोसल्ला र साधारण सदस्यता, १० हजारदेखि ३० हजारसम्म सिङ्गमर्मरमा नाम लेखिने र माथिका सम्मान गरिने भएको छ । ३० देखि ४० हजारसम्म सहयोग गर्नेलाई एकल फोटो, आजिवन सदस्यता, ४० देखि ६० हजार सम्म दिनेलाई दम्पत्ति फोटो र आजिवन सदस्यता, ६० हजारदेखि एक लाखसम्म दिनेलाई परिवारको फोटो सचिवालयमा राख्ने र विशिष्ट सदस्यता प्रदान गरिने भएको छ ।
त्यसैगरि एकलाखभन्दा माथि सहयोग गर्नेलाई बाजागाजाबाट सम्मान गर्नुका साथै विशिष्ट सदस्यता, १० लाखभन्दा माथि सहयोग दिनेलाई अर्धकतको शालिक र मानार्थं संस्थापक सदस्यता र २० लाखभन्दा माथि दिनेलाई पूर्णकदको शालिक निर्माण गरिने भएको छ । १० हजार भन्दा बढी सहयोग गर्नेलाई आजिवन सदस्यता, फ्रेममा फोटो र दोसल्ला अोढाएर सम्मान गरिने धार्मिक महोत्वस मूल आयोजक समिति सदस्य मनोहर पन्थीले जानकारी दिए ।
जिल्लाका सबै जनप्रतिनिधि धुर्कोट
गुल्मीका १० गाउँपालिका र २ नगरपालिका गरी १२ स्थानीय तहका प्रमुख, उपप्रमुखहरु धुर्कोट आउने भएका छन् । जसअन्तरगत कालिगण्डगी, चन्द्रकोट, सत्यवती लगायतका स्थानिय तहका जनप्रतिनिधिहरुले धार्मिक महोत्सवको अवलोकन गरिसकेका छन् । त्यस्तै जिल्लाका २ प्रतिनिधिसभा र ४ प्रदेश सभाका सासंदहरु पनि प्रत्येक दिन प्रमुख अतिथि बन्ने कार्यक्रम तय गरिएको छ । जसअनुसार प्रदेश सासंद पन्थीपछि अब तिन प्रदेश सासंद र २ प्रतिनिधिसभाका सासंद धुर्कोट आउने छन् । सासंदहरुको समय अनुकुलतामा कार्यक्रममा प्रमुख अतिथि बनाइने गाउँपालिका उपाध्यक्ष शिव खत्रीले बताए ।
आमा समूहद्वारा पुजा सामाग्री निर्माण
धुर्कोट गाउँपालिमा रहेका विभिन्न आमा समूहले मन्दिरमा संचालन हुने धार्मिक महोत्सवको लागि स्थानिय स्तरमै बनाउ सकिने पुजा सामाग्रीको निर्माण गरेका छन् । धुर्कोट रजस्थलमा रहेको प्रगतिशिल महिला समूहको नेतृत्वमा सातवटै वडाका आमा समूहद्धारा विभिन्न पुजा सामाग्रीहरु निर्माण गरिएको आयोजकले जनाएको छ ।
१५ हजार भन्दा बढी दुना टपरी, फूल, माला, कलश, मञ्च सजावटका सामाग्री लगायतका सामाग्रीहरु निर्माण गरेको प्रचार प्रसार संयोजक दधिराम खनालले बताए । महोत्सवमा जैसिथोक, वस्तु, रजस्थल, वाग्ला, भनभने, पुर्कोट दह, नयाँगाउँ, हस्तिचौर लगायतका क्षेत्रका मानिसहरुको उल्लेख्य सहभागिता रहेको त्यहाँ पुग्नुभएका सहकर्मी हुमाकान्त पोखरेलले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend