logo
  • आइतबार, असोज ११ २०८३

मुग्लिन-नारायणगढ सडक २४ कालोपत्रे कामले तिब्रता पाउदै


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

gf/fo0fu9–d'lUng ;8sv08sf] bf;9'+ufdf sfnf]kq] ul/Fb} gf/fo0fu9–d'lUng ;8sv08sf] bf;9'+ufdf ;f]daf/ t];|f] txsf] sfnf]kq] ul/Fb} . t:jL/ M gf/fo0f clwsf/L, lrtjg, /f;;

साझा नेटवर्क, बुटवल चैत ६ ।
पुर्ब पश्चिम राजमार्ग अन्तर्गत  नारायणगढ–मुग्लिन सडक विस्तारको कामले तीव्रता पाएको छ ।  ३३/२ मध्ये २४/५ किलोमिटर सडक कालोपत्रे भएको छ  भने  समग्र काम भने ८१ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो समय कामले तीव्रता  हो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार कालोपत्रेको पहिलो तह २४.५ किलोमिटर सम्पन्न भएको छ । दोस्रो तह २०.५ किलोमिटर र तेस्रो तहको कालोपत्रे शुरुवात् गरिएको छ । खनालका अनुसार सो सडक ३३।२ किलोमिटर लामो छ ।  आगामी वैशाख १५ सम्ममा पहिलो तह र जेठ १५ सम्ममा पहाड काट्न बाँकी रहेको चेपाङ डाँडाको फेदको ५०० मिटरबाहेक अन्य क्षेत्रमा कालोपत्रे सम्पन्न हुने उनले बताए छन् ।

शुरुमा ५.५ मिटरमात्रै फराकिलो रहेको सडक आठ मिटरसम्म फराकिलो भए पनि नौ मिटर पुर्याउन धेरै भित्तो काट्नुपर्ने भएकाले समयमा सम्पन्न हुन कठिन देखिएको छ ।आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मीले तेस्रो खण्डलाई ९९ दिन, दोस्रो खण्डलाई ८९ दिन र पहिलो खण्डलाई ८५ दिन मिति थप्न उपयुक्त भएको भन्दै प्रस्ताव गरिएको बताए  । पहिलो खण्डका लागि १० मे २०१८, दोस्रो खण्डका लागि २० मे २०१८ र तेस्रो खण्डका लागि ३० मे २०१८ सम्मको समय थप गर्न सिफारिस गरिएको हो ।

सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको थियो । विसं २०७४ शुरु भएयताको दुई पटकको निर्वाचन, वर्षात्को समय, चाडपर्वको समय र थपिएको कामका कारण काम गर्ने समय थप्न सिफारिस गरिएको हो । मिति थप गर्न सिफरिस भए पनि हालसम्म मिति भने थपिएको छैन । रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend