साझा नेटवर्क
बिमल खड्का, बागलुङ चैैैत ५ ।
गर्मी बढे सगै पानीका मुहान यति बेला जहाँ कतै पनि सुकिरहेका छन। बडिगाड गाउँपालिका – ७ थाममा स्थानीयले बर्ष भरि जम्मा गरि संकलन गरेकाे पानी यति बेला सकिएकाे छ ।
वर्षा याममा घरकाे छानाबाट संकलन गरी राखेकाे पानी यति बेला सकिएसगै जिवनमा नभईनहुने पदार्थ पानीकाे खड्काे संकट परेकाे छ । स्थानीय सुर्य थापाका अनुसार बर्खा याममा संकलन गरी राखेकाे पानी ६ महिना सम्म जनतन पुगेपनि बाकी ६ महिना तल्लो गाउँ म्यालपाेखरी भन्ने स्थानमा पानी छ उनले भने त्यहाँ पुग्न अाधा घण्टा लाग्छ ,पुगेपनि धेरै घर परिवार भएकाले पालाे कुर्दा घण्टाैँ समय लाग्ने र पिठ्युँमा बाेकेर ल्याएर गुजारा चलाएका उनले भने ।
संकलन गरि राखेकाे पानी पिउदा रुगाँखाेकी झाडा पखाला लगाएतका समस्या देखापरेकाे छन । चुनावका बेला बिभिन्न पाटीका नेताहरु अाएर पानी ल्यादिन्छु माेटर बाटाे खनिदिन्छु भनेपनि अहिले जिते पछि चुनावी एजेन्डा भुलेर अाफ्नै दुनाे सोझाउन लागेकाे गुनासो गरे ।पर्यटकीय हिसाबले पनि हराभरा भएकाे ठाउँ थामचाैरमा धाैलागिरी हिमाल माछापुच्छ्रे हिमाल लगाएतका हिमाल तथा मनमाेहक दृश्यले मानिसहरू अाकर्षित गर्ने गरेपनि पानीकाे अभाव र त्यस ठाउँ अाझेलमा परेकाले बाह्य तथा अान्तरिक पर्यटकहरूकाे खासै राेजाईमा न परेको बताए ।
समुन्द्री सतह भन्दा माथी भएकाे हुनाले पानीकाे मुहान नजिकै नहुनु र अार्काे ठाउँबाट बैकल्पिक उपाय नखाेज्दा पानीकाे समस्या हुने गरेकाे स्थानीयकाे भनाइ रहेकाे छ। स्थानीहरुले बाख्रा , भेडा, भैंसी ,बर्षेनी अालु उत्पादन नाङ्लाेकाे डाेकाे डालाे बुनेर अाफ्नाे दैनिकी जीवन यापन्न गरेको बताएका छन । सबै किसिमले हरियाली थाम गाउँ भएपनि अाेझेलका कारण पर्यटकहरुकाे गन्तव्य स्थान नहुनु स्थानीयहरुकाे पिडाकाे बिषय बनेकाे छ ।
चुनाव ताका पैदलमार्ग हुँदै पर्यटकीय क्षेत्र बनाउने चुनावी एजेन्डा भएपनि अहिले चुनाव जिते पछि ती एजेन्डाहरु अाेझेलमा पर्दै गएकाे जानकारहरु बताउँछन् अालुकाे पकेट उत्पादन, नाङ्लाेकाे डाेका ,डालाे ,जडिबुटीकाे हिसाबले राम्राे ठाउँ भएकाले चुनावका बेला मात्रै जनताकाे भाेट तान्ने फर्मुला नबनाई स्थानीय तह देखि केन्द्रीय तहका नेताहरुले दिर्घकालिन बिकासमा ध्यान दिने जरुरी छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend