साझा नेटवर्क
अनिल खत्री , गुल्मी चैत ५ ।
आगामी चैत १६ देखि २५ गते सम्म सञ्चालन हुँने तेस्रो गुल्मी महोत्सवको मिति नजिकन थालेसँगै महोत्सव लक्षित गतिबिधी वढ्न थालेका छन् ।
महोत्सवलाई आर्कषक तथा रमाइलो बनाउनको लागी महोत्सव लक्षित गठित समितिहरुको बैठक सम्पन्न भएको छ । सोमबार गुल्मी उद्योग वाणिज्य संघको सभा हलमा साँस्कृतिक समिति, बिद्युत व्यवस्थापन, खानेपानी व्यवस्थापन समिति र महोत्सव मुल आयोजक समितिको बैठक सम्पन्न भएको छ । बैठकले मेला सम्पन्न गर्नको लागी आबश्यक कामहरुलाई प्रभावकारी तरिकाले काम गर्ने निर्णय भएको महोत्सव मुल आयोजक समिति सचिवालय संयोजक एबं वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।
जिल्लाको सदरमुकाम तम्घासमा १० दिन सम्म चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।
वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ । महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकताका दिँने भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend