साझा नेटवर्क
कमल पौडेल , बागलुङ चैत ४ ।
नमुना कृषि समुह बडिगाड २ खर्वाङको आयोजनामा केराखेति कार्यक्रमको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ।
सो कार्यक्रमको उद्घाटन गर्दै वडिगाड गाउँपालिका वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेलले कृषि पेसालाई व्यावसायीक गराउँदै लैजानु पर्ने र राज्यको श्रोत कृषकको मिहनेतले किसानहरु सम्वृद्ध वन्न सक्ने वताउनु भएको छ। वडिगाड गाउँपालिका को वडा नं. २ जिमिमा भएको कार्यक्रममा कृषि विकास कार्यालय वडिगाडका प्रमुख कल्पना पुन, वडा सचिव गिता पौडेल, नव प्रतिभा वचत तथा ऋण सहकारीका प्रवन्धक दुर्गा अर्याल, सक्न्यार दनिया मोटरवाटोका अध्यक्ष ढालेन्द्र शेरचन, जिमि दगा मोटरवाटोका अध्यक्ष गोकुल गिरि, वडिगाडका प्रेस सल्लाहकार कमल पौडेल, लगाएतले वोल्नुभएको थियो।
स्थानिय सुमित्रा पोखरेलको वारिमा केरा रोपी अभियानको सुरु गरिएको हो।औपचारीक कार्यक्रम कृषि समुहका अध्यक्ष मेघनाथ खरेलको अध्यक्षता, सदस्य विष्णु माया अर्यालको स्वागत मन्तव्य तथा सचिव सेर वहादुर श्रीसको संचालनमा सम्पन्न भएको थियो। वडा नं. २ को लागी कृषि तर्फ विनियोजित १० लाख मध्ये १ लाख ५० हजार केरा खेतिमा, ३ लाख अदुवा तथा वेसार खेतिमा, तरकारी टनेलको लागी २ लाख मौरि पालनको लागि १ लाख ६५ हजार र पशुविज कन्टेनरको लागी ६० हजार खर्च गरिने झण्डै ३ सय किसान लावान्भित हुने कृषि समुहका अध्यक्ष मेघनाथ खरेलले वताउनु भएको छ।
रसायनिक विसादी मुक्त, जैविक खेतिको विकास गर्ने, प्राङ्गारिक मलको प्रयोग गरि कृषि प्रवद्र्धनको लागी पकेट क्षेत्र निर्माण गर्ने गरि कार्यक्रम अगाडि वढाइएको सचिव शेर वहादुर श्रीसले जानकारी दिनुभएको छ। वडिगाड गाउँपालिकाको प्रत्येक वडामा कृषि पकेट क्षेत्रको लागी १०/१० लाख तथा केहि वडाका विशेष क्षेत्रमा विशेष कृषि क्षेत्र भनि थप १०/१० लाख विनियोजन गरिएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend