साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी चैत ३ ।
गोर्कण बिष्ट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएकोमा इस्मा गाउँपालिकाका विभिन्न स्थानमा खुसीयाली तथा दिपावली मनाइएको छ । इस्मा गाउँपालिका वडा नं ४ मा जन्मिएका बिष्ट गुल्मी क्षेत्र नं २ का सांसद हुन् ।
मन्त्री बिष्टको जन्म स्थान दोहलीमा नेकपा एमाले वडा कमिटीको आयोजनामा बधाई ज्ञापन तथा दिपाली गरिएको वडा अध्यक्ष्म बिष्णु सुनारले जानकारी दिए । गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट, वडा अध्यक्ष गनु प्रसाद अधिकारी, तथा एमाले वडा अध्यक्ष सुनारले मन्त्री बिष्टलाई बधाई दिदै सफल कार्याकालको शुधकामना दिएका थिए । त्यस्तै दर्लामचौर वडा कमिटीको आयोजनामा पनि पञ्चेबाजा सहित बधाई ज्ञापन तथा दिपावली गरिएको छ ।
इस्मा रुपन्देहि सम्पर्क मञ्चका उपाध्यक्ष बिष्णु बहादुर अधिकारी, गाउँकार्यपालिका सदस्य कल्पना भुसाल, युवराव खरेल, एमाले वडा अध्यक्ष प्रेम भुसाल, सहसचिव मनिराम अधिकारी, युवासंघ वडा अध्यक्ष बिष्णु अधिकारी, सुरेश पछाई, लगातले मन्त्री बिष्टको सफल कार्यकालको शुभकामना दिएका थिए ।
मन्त्री बने लगत्तै शुक्रबार साँझ इस्मा गाउँपालिका ५ को दोवाट तथा सदरमुकाम तम्घासमा समेत दिपावली गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend