logo
  • आइतबार, असोज ११ २०८३

रेसुङ्गा क्याम्पसमा नेविसंघको गठन : सभापतिमा पुनराम घिमरे


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिश गैरे, गुल्मी चैत्र २।
नेपाल बिद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसको नया कार्य समितिको चयन गरीएको छ । बिहिबार र शुक्रबार दुइ दिन सम्म सञ्चालन भएको अधिवेशनले पुनराम घिमिरेका सभापतित्वमा ३४ सदस्यीय समिति गठन गरेको हो । जसको उपसभापतिमा कमल कुवँर, ज्ञान सिँजाली, गोबिन्द खनाल, सचिबमा गँगा सिँजाली, यमकला खासु मगर, सहसचिबमा लक्ष्मी थापा, अनील खत्री, कोषाध्यक्षमा प्रमिला कार्की, सहकोषाध्यक्षमा सुदिप कार्की रहनुभएको छ ।

त्यसैगरी ब्यबस्थापन समिति संयोजकमा लेखनाथ गुरुङ्ग, शिक्षा संकाय संयोजकमा नवीन घिमिरे, सचिबमा बिक्ष्णु घिमिरे, जनजाती बिभाग प्रमुखमा मोहन घर्ती मगर, छात्रा संघ संयोजकमा यशोदा पोखरेल, सुशीला भण्डारी, आरती कुवँर, रेश्मा नेपाली रहनुभएको छ ।

त्यसैगरी सुचना तथा सञ्चार बिभाग प्रमुखमा रमेश बिश्वकर्मा, दिवा समिति संयोजकमा आशिष पाण्डे र जीवन कुवँर रहनुभएको छ । कार्यक्रममा अर्जुन पोखरेलको सभापतित्व रहेको थियो भने नेबिसंघका केन्द्रिय महामन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । हिजो खुल्ला सत्रको कार्यक्रम भइ आज बन्द सत्रको कार्यक्रम भएको थियो भने सर्वसम्मतीमै नेृतत्व चयन गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend