साझा नेटवर्क
विमल खड्का, बाग्लुङ चैत्र २ ।
बंगलादेशकाे ढाकाबाट नेपालका लागि उडेको युएस बंगाला विमान काठमाडौ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा दुर्घटना पर्याे त्यसमा सवार रहेका मध्य ४९ जनाकाे विमान दुर्घटनाका कारण ज्यान गुमाउन पर्याे तिनै ज्यान गुमाउनेहरुकाे सम्झनामा अाज रम्भा देबि कलेज अफ मेडिकल साइन्स बुटवलका बिद्यार्थीले पुस्पालाल पार्कमा दिप प्रज्वलन गरि भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गरेकाछन ।
गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा ज्यान गुमाउनेको सम्झनामा दिप प्रज्वलन गरि ज्यान गुमाउनेहरुकाे अात्माले स्वर्गमा बाँस पावस भन्न् कामना गरेका थिए । साेहि दिप प्रजलन कार्यक्रमा कलेजका प्रिन्सिपल मनोज काफ्लेले देशले एक सच्चा नागरिक गुमाएकाे बताउदै अब ती ज्यान गुमाउनेहरुकाे सपना अबका नयाँ पिडिका बिद्यार्थीले गर्नु पर्ने बताए ।
साेहि अवसरमा कलेजका बिद्यार्थी , शिक्षक लगाएतले पार्कमा दिप प्रज्वलन गरि अकालमा ज्यान गुमाउने सम्पुर्णलाई दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै परिवार प्रति गहिरो समाबेदना प्रकट गरेकाे बिद्यार्थी भरत केसीले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend