logo
  • आइतबार, असोज ११ २०८३

स्थापना दिवसको अवसरमा मालिका गाउँपालिकाद्वारा बिरामीलाई फलफुल र छाता वितरण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी फागुन २७ ।
मालिका गाउँपालिकाले स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । दिवसको अवसरमा अर्खबाङ्ग स्वास्थ्यचौकीका बिरामीलाई गाउँपालिका अध्यक्ष रित बहादुर थापाले फलफुल तथा छाता प्रदान गरे ।भने ठुलीचौर प्राविका ८० जना बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिएको छ । त्यस्तै कार्यालयमा आएका सेवाग्राहिलाई डायरी प्रदान गरिएको गाउँपालिका प्रवत्ता शोभाखर गिरीले जानकारी दिए । गाउँपालिका अध्यक्ष थापाले बिरामीलाई छाता तथा फलफुल र बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्दै भाषणबाट मात्रै नभएर काम द्धारा समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरे ।सोहि अवसरमा गुल्मी जिल्लाका स्थानीयतहरु मध्ये संसोधित पहिलो नागरिक वडापत्र सार्वजनिक तथा गाउँपालिकाका वेकसाइटको औपचारिक शुभारम्भ गरिएको प्रमुख प्रसासकिय अधिकृत लेखनाथ पोख्रेलले बताए । कार्यक्रममा गाउँपालिका उपप्रमुख देवा अर्याल, प्रमुख प्रसासकीय अधिकृत लेखनाथ पोख्रेल, प्रवत्ता शोभाखर गिरी लगायतले गाउँपालिकाको समृद्धीका लागि सवै हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए ।कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी, कार्यालयका कर्मचारी स्थानीय सरोकारवाला लगायतको सहभागीता रहेको ह्वाङदी स्रोता क्लव संयोजक गीता घर्तिले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend