logo
  • आइतबार, असोज ११ २०८३

सामुदायीक विद्यालयलाई अभिभावकको पहिलो रोजाईको विद्यालय वनाउनु पर्ने : भुसाल


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल , बागलुङ्ग फागुन २४।
जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले सामुदायीक विद्यालयलाई अभिभावकको पहिलो रोजाई हुने विद्यालयको रुपमा विकास गर्नुपर्ने वताउनु भएको छ। त्रिभुवन मावि खर्वाङको नमुना विद्यालय गुरुयोजना निर्माणार्थ भएको सरोकारवालाको अभिभावकको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले सो कुरा वताउनु भएको हो।

शिक्षाको विकासको लागी राज्यले लगानि वढाइरहेको तर कतिपय सामुदायीक विद्यालयले अपेक्षाकृत सिकाई उपलब्धि हासिल गर्न नसकेको भन्दै सिकाई उपलब्धि बृद्धिमा लाग्नुपर्ने वताउनु भएको छ। त्यस्तै वडिगाड गाउँपालिकाका प्रमुख मेयरसिंह पाइजाले त्रिभुवन माविको लागी आवश्यक जग्गा जिससको मौजुदा जग्गावाट उपलब्ध गराउनु पर्ने र त्यसको लागी गाउँपालिकाले पहल गर्ने घोषणा गर्नुभएको छ।

त्रिभुवन माविलाई गाउँपालिकाकै शैक्षिक केन्द्रको रुपमा विकास गर्ने वताउँदै विद्यालयलाई आवश्यक पर्ने सवै सहयोग गर्न गाउँपालिका तयार रहेको जानकारी दिनुभएको छ। कार्यक्रममा गाउँ शिक्षा अधिकारी कृष्ण रेग्मी, वडा नं. २ का वडाध्यक्ष हिमा खरेल, महेन्द्र आर्दश मावि वामीका प्रधानाध्यापक वुद्धिप्रसाद सापकोटा, गल्कोट मावि हटियाका सहायक प्रधानाध्यापक राम वहादुर खत्रि लगाएतले सुझाव सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा प्रधानाध्यापक ढालमणि भण्डारीले गुरु योजनाको प्रारुप र योजना प्रस्तुत गर्दै विद्यालयलाई ५ वर्ष भित्र ३ हजार विद्यार्थीले अध्ययन गर्ने केन्द्र निर्माण गर्ने वताउनु भएको थियो। एक निर्वाचन क्षेत्र एक नमुना विद्यालय कार्यक्रम अन्तर्गत त्रिभुवन माविमा नमुना विद्यालय निर्माणका काम सुरु भएका छन्।

कार्यक्रम शिक्षक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा अभिभावक, विद्यालयमा गठित समिति तथा सरोकारवाला निकायहरु गाउँपालिका, शिक्षा संग सम्वन्धित निकायका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

सो भेलाले विद्यालयको ५ वर्षे गुरु योजनाको प्रारम्भिक मस्यौदालाई अनुमोदन गरेको छ। गुरु योजनालाई जिल्ला शिक्षा कार्यालय हुँदै शिक्षा विभागले स्वीकृत गरि पुनः गाउँपालिकाले अनुमोदन गरेपछि कार्यान्वयन हुने विद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend