logo
  • आइतबार, असोज ११ २०८३

धुर्कोटका महिलाहरुले खेलेर नाचेर महिला दिवस मनाए


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

प्रेम सुनार, गुल्मी फागुन २४ ।
गुल्मीको धुर्कोट गाउँपालिकाका महिलाहरुले फुटवल खेल खेलेर , बाजा तालमा धुमधाम संग नाचेर १०८ औं अन्तराष्ट्रिय महिला दिवस मनाएका छन् । धुर्काट गाउँपालिका महिला तथा बालबालिका शाखाको अयोजनामा महिला फूटबल खेल प्रतियोगिता लगत्तै महिलाहरु धुर्कोट गाउँपालिकाको बर्बोट खेल मैदानमा धुमधामसँग बाजातालमा नाचेर महिला दिवस मनाएका हुन ।

६÷७ बर्षे बालिकादेखि ८० बर्षे महिला बृद्धसमेत अंकमालो गर्दै एक आपसमा सद्भाव बाँड्दै मनाइएको महिला दिवस अन्यत्र भन्दा पृथक बनाउने प्रयास गरिएको थियो । महिलाहरुको नाचगान, हर्ष खुसिमा साथ दिदैँ कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले धुर्कोट गाउँपालिका महिला, बालबालिका, बृद्ध र अपाङ्गगमैत्रि बनाउन लागिएकोले सबैको साथ र सहयोगको अपेक्षा राखेको बताए । ं

उनले आफूहरु गणतन्त्र, समावेशी र समानुपातिक शासन प्रणालीका लागि १० बर्षे जनयुद्ध लडेको र फलस्वरुप अहिले राज्यका हरेक निकायमा महिलाहरुको प्रतिनिधित्व गराउन सफल भएको बताउदै महिलाहरुको अधिकार प्राप्तिका लागि धुर्कोट गाउँपालिका जहिले पनि साथमा रहने प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै सो गाउँपालिकाकी प्रवत्ता एवम् महिला दिवस मूल समारोह समिति धुर्कोटकी अध्यक्ष कविता विकले सदियौदेखि पछाडि परेका महिलाका पक्षमा आफू समेत जनयुद्धमा होमिएको र अहिले महिलाहरुको अधिकार र राज्यका हरेक निकायमा अनिवार्य प्रतिनिधित्व हुन थालेको यो सफलता नेपाली आम महिलाको भएको बताएकी थिइन् ।

धुर्कोट गाउँपालिका अन्तरगत साविकको वडा नम्बर १ नयाँगाउमा रहेको नयाँगाउ मावि, वडा नम्बर ४ पाञ्चायन मावि र वडा नम्बर ५ वस्तुमा रहेको हिमालय माविका छात्रा विद्याथीै बिच भएको फूटबल प्रतियोगितामा पाञ्चायन मावि विजय र हिमालय मावि उप विजेता भएको छ ।

त्यस्तै नयाँगाउकी छात्रा करिश्मा कुँवर उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भएकी छन् । विजेताहरुलाई गाउँपालिका प्रमुख पोखरेल र अध्यक्ष्यता गरेकी विकले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखाकी प्रमुख शारदा ओलीले गरेकी थिँइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend