logo
  • शुक्रबार, असोज ९ २०८३

मञ्जु र बावुरामको ‘गुल्मेलीको बस्ती’ सार्बजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी फागुन २४ ।
गायिका मञ्जु पौडेल र बावुराम पन्थीको गुल्मीलेको बस्ती नयाँ पञ्चे बाजाको गीत सार्बजनिक गरेका छन् । गुल्मी र बाग्लुङ्ग स्थित गल्कोटको बजारको महत्वलाई गीत मार्फत समाबेश गरेर ‘गुल्मेलीको बस्ती’ सार्बजनिक गरेका हुन् ।
पञ्चेबाजाको गीतमा गुल्मी जिल्लाको ऐतिहासिक रेसुङ्गाको काखैमा रहेको गुल्मी सदरमुकाम तम्घास र बाग्लुङ्ग जिल्लाको गल्कोट बजारको बस्ती गीतमा समाबेश गरिएको छ । माया प्रेममा तयार भएको पञ्चे बाजाको गीतमा प्रेमी प्रेमीका बिचको कथा बस्तु समाबेश गरिएको छ ।

लोकप्रिय गायिका मञ्जु पौडेल र गायक एबं गितकार बावुराम पन्थीको सुमधुर स्वर रहेको गीतमा बिष्णु खत्रीको लय शब्द रहेका छन् । बि.म.एस फिल्मस् प्रालिकले बजारमा ल्याएको गीतमा गायिक मञ्जु र बावुराको नै अभिनय रहेको छ ।
 गीतको पुरा भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend