logo
  • आइतबार, असोज ११ २०८३

बागलुङ बडिगाड १० निगलपानीमा डाेजरमाथी  दुङ्गा खस्दा २ काे मृत्यु ।


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

बिमल खड्का बागलुङ २२
बागलुङ जिल्लाकाे बडिगाड गाउँपालिका वडा -१० निगलपानीमा ( डाेजर) माथी दुङ्गा खस्दा चालक र सह – चालकको घटना स्थलमै  मृत्युु भएकाे छ।
ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानामगरका अनुसार मंगलबार दिउँसो ३ बजेको समयमा बा २ क ८४२१ नंबरको डाेजर माथी ढुङ्गा खसेको बताएकाे छ  ।

मृत्युु हुनेमा डाेजरका चालक  तमानखाेला गाउँपमलिका – ५ खंुखानी बर्ष ३२ काे प्रेम श्रीपाली र ढाेरपाटन नगरपालिका -४ खंुगा बर्ष ३२ कै गिर प्रसाद फगामी रहेकाे रानाले बताए  ।
दिउसाे ३ बजेकाे समयमा गंगरे हुदै भिमगिठे जाेड्ने माेटर बाटाे खन्दै गरेकाे अवस्थामा एकासी माथीबाट ढुङ्गा खस्दा साे दुर्घटना भएकाे प्रत्यक्षदर्शीले  बताएको छ।

रानाकाे अनुसार डाेजर सगै रहेका सह – चालक फगामीकाे शव निकालिएपनि चालक श्रीपालीकाे शव भने पुरिएकाले मेसिन ल्याएर मात्र  निकालिने  बताए । शव निकालेपछि  बुर्तिबाङ स्वास्थ्य केन्द्रमा पाेस्माटमका लागिने उनले बताए

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend