साझा नेटवर्क
कमल पौडेल, बागलुङ फागुन २१।
नेपाल कम्यूनिष्ट पार्टि विप्लव समुहका स्थायी कमिटि सदस्य तथा जनपरिषद् प्रमुख सन्तोष वुढा मगरले शान्ति प्रक्रियामा आउँदा माओवादी कुटनितिले हारेको टिप्पणी गर्नुभएको छ। सुखानी दिवसको सन्दर्भमा नेकपा जिल्ला समितिले वडिगाड २ खर्वाङमा आयोजना गरेको समसामयिक राजनैतिक विषयमा गरेको अन्तक्रिर्यामा वोल्दै वुढाले सो कुरा वताउनु भएको हो।
पूर्व सांसद समेत रहेका वुढाले संसदिय व्यावस्थावाट राजनैतिक अस्थिरता कायम राख्न विदेशिले चाहेको भन्दै वाम गठवन्धनलाई ५ वर्ष सरकार चलाउन नदिने ठोकुवा गर्नुभएको छ। विप्लवको पक्राउ पुर्जि थमाएर सरकारले आन्दोलन गर्न वाध्य गराएको भन्दै वुढाले थप दमन भए विद्रोह गर्ने चेतावनी समेत दिनुभएको छ।
अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले संघिय मामिला तथा स्थानिय विकास विभागका केन्द्रिय सदस्य सुनिल शेरचन, नेपाल शिक्षक संघका प्रदेश नं. ४ का महासचिव सागर खरेल, भानु माविका प्रअ केशव खरेल, त्रिभुवन माविका प्रअ ढालमणी भण्डारी, एमालेका तिर्थमणि भुसाल, राष्ट्रिय शिक्षक संगठनका वडिगाड अध्यक्ष वेद प्रसाद पोखरेल, पत्रकार कमल पौडेल, राजमोका अनिल गिरि, राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिव कृष्ण भट्टराई लगाएतले वोल्नुभएको थियो।
कार्यक्रम नेपाल कम्यूनिष्ट पार्टि जिल्ला इन्चार्ज विकरण क्षेत्रिको अध्यक्षता, जिल्ला सचिव छम सेनको स्वागत मन्तव्य तथा धौलागिरि व्यूरो सदस्य नविन कुँवरको संचालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend