logo
  • शनिबार, असोज १० २०८३

नेकपाको बिद्यार्थी संगठनको शैक्षिक हड्तालले गुल्मीका बिद्यालय बन्द


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुल्मी फागुन २०।
नेत्रबिक्रम चन्द बिप्ल नेतृत्व नेकपा माओवादी समर्थित बिद्यार्थी संगठन अनेरास्वबियु (क्रान्तिकारी)ले गरेको शैक्षिक हडतालले गुल्मीका बिद्यालयहरु बन्द भएका छन् । शैक्षिक हडतालको कारण गुल्मी सदरमुकाम लगायत जिल्ला भरका विद्यालय तथा क्याम्पसहरुमा विहानी तथा दिवा कक्षाको पठन पाठन प्रभावित भएको हो ।शैक्षिक हड्तालमा केहि परिक्षा सञ्चालनमा रहेका बिद्यालय तथा क्याम्पसहरु भने सञ्चालनमा छन् । सरकारले आफ्ना बिद्यार्थी नेताहरुलाई गरेको गिरफ्तारी सहित यस्को बिरोध र बिनासर्त रिहाईको माग गर्दै आज देशभर शैक्षिक हड्तालको आब्हान गरेको अनेरास्वबियु (क्रान्तिकारी)का अध्यक्ष पूर्णबहादुर सिंहद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

अखिल क्रान्तिका महासचिव दिपेन्द्र चलाउने, सचिवालय सदस्य गणेश रैकाल लगाएतको रिहाइको माग गदै सगठनलेविभिन्न आन्दोलका कार्यक्रम गदै आएको छ । परिक्षा नजिकिदै गएकाले बिद्यालय बन्द हुँदा धेरै बिद्यार्थीहरु मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend