logo
  • आइतबार, असोज ११ २०८३

स्थापना दिवसको अबसरमा फरक क्षमता भएका बिद्यार्थीका सामाग्री बितरण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी फागुन २०।
रास्ट्रिय युवा परिषद स्थापना दिवसको अवसरमा जिल्ला युवा समिती गुल्मीले गुल्मीको एक बिद्यालयका फरक क्षमता  बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री तथा सरसफाइ सामाग्री बितरण गरेको छ । परिषदले दोस्रो वर्ष पुरा गरि तेस्रो वर्ष प्रबेशको अबसरमा आइतवार श्री उपल्लो तम्घास मा.वि. तम्घासमा अध्ययनरत फरक क्षमता भएका(लाटा,बहिरा,सुस्तमनस्थिती) बिद्यार्थीहरुलाई लाई शैक्षिक सामाग्री, खेलकुद सामाग्री तथा सरसफाइ सामाग्री बितरण गरेको हो । दिवसको अबसरमा उपल्लो तम्घास माध्यमिक बिद्यालयमा पढने ३२ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री, खेलकुद सामाग्री तथा सरसफाइ समाग्री बितरण गरिएको जिल्ला युवा समिती गुल्मीका नासु सञ्जीवनी अर्यालले जानकारी दिइन् । बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री, खेलकुद सामाग्री तथा सरसफाइ समाग्री बितरण कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष गुणनिधी मरासिनी, रेसुङ्गा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नारायण बराल,व्यावस्थापन समिति सदस्य गणेश श्रीपाली, बिद्यायलयका प्रधानाध्यापक राममणी पन्थी, जिल्ला युवा समिति अध्यक्ष राजेन्द्रबिक्रम कुँवर लगायतले संयुक्त रुपमा बिद्यार्थीहरुलाई सामाग्री हस्तान्तरण गरेका थिए ।सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै बिद्यालय व्याबस्थापन समिति अध्यक्ष मरासिनीले फरक क्षमता भएका बिद्यार्थीहरुको लागी सामाग्री सहयोग गरेकोमा धन्यावाद दिएका थिए । उनले फरक क्षमता भएका बिद्यार्थीहरुको आगामी दिनहरुमा थप सहयोग आबश्यक रहेको बताए । कार्यक्रममा समिति गुल्मीका अध्यक्ष राजेन्द्र बिक्रम कुँवरले जिल्ला युवा समितिले युवाहरुको सीप, क्षमता, नेतृत्व एवं उद्यमशिलता विकासको उदेश्य अनुसार यु्वा लक्षीत काम गर्दै आएको बताए ।

उनले रोजगारीको खोजीमा दिनानु दिन विदेशीदै गरेका युवाहरुको क्षेत्रमा सिप मुलक तालिम, व्यवसायीक ऋण, सरकारी तथा गैरसरकारी निकायको सहयोग एवं अनुदान केन्द्रित गराई स्वदेशमै रोजगार तथा स्वरोजगार का अवसरहरु सिर्जना गर्ने मुख्य उद्येश्य राखेको बताए । जिल्ला युवा समिति गुल्मीले १६ देखि ४० उमेर भित्रका युवाहरुमा युवा उद्यम युवा प्रतिभाको खोजी लगायतका बिभिन्न कार्यक्रमहरु जिल्लामा सञ्चालन गर्दै आएको छ ।

सामाग्री हस्तान्तरण पछी बिद्यार्थीहरुले खेलकुद सामाग्री मार्फत खेलहरु समेत प्रस्तुत गरेका थिए । गुल्मीको सदरकुम तम्घासको नजिकै बिभिन्न स्थानका फरक क्षमता राख्ने बिद्यार्थीहरुको पढाई हुँदै आएको छ । कार्यक्रममा शिक्षक अबिभावसंघ अध्यक्ष देवराज पन्थी समाजसेवी नारायण आचार्य जिल्ला युवा समिति गुल्मीका कार्यालय प्रमुख लोेकनाथ मरासिनी बिद्यालयका शिक्षक लगायत स्थानियको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend