logo
  • आइतबार, असोज ११ २०८३

विद्यार्थीहरुलाई लागुऔषध विरुद्ध प्रशिक्षण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी फागुन १९ ।
महेन्द्र नमुना माध्यमिक विद्यालय रेसुङ्गा नगरपालिका १ तम्घास गुल्मीमा लागुऔषधसम्बन्धि चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम महेन्द्र नमुना विद्यालयको आयोजना र नार्केनन् नेपालको सहयोगमा सम्पन भएको हो । कार्यक्रममा लागु औषध सेवनका कारण, यसका असर, विद्यार्थी जिवनमा लागुऔषको असर लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा प्रमुख अतिथि नार्केनन् नेपालका अध्यक्ष वसन्तथ कुँवर र पूर्व एआइजी विनोद सिंहले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुँवरले अहिले विश्वका धनी भनिने मुलुकका विद्यार्थीहरु लागुऔषधको चरम दुब्र्यसनमा फसेको भन्दै त्यसबाट सजक रहन सबैलाई आग्रह गरे ।

त्यसका साथै धुम्रपान, मद्यपान जस्ता लागु औषध सेवन गर्ने मानिसलाई रोग लागेमा उपचार गर्न धेरै धनराशि खर्च गरेपनि त्यो सार्थक नहुने उनको भनाई थियो । लागु औषध सेवनपछि उपचार गर्नुभन्दा त्यस्तो दुब्र्यसनिमा नफस्नु नै उत्तम उपाय रहेको उनले बताए । महेन्द्र नमुना माध्यमिक विद्यालयका कक्ष ९ र १० का विद्यालयहरुलाई प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष भुवन प्रसाद श्रेष्ठ, नेपाली काङ्ग्रेसका जिल्ला सचिव खिलज्वध पन्थी, समाजसेवी घनश्याम पाण्डे, पत्रकार हुमाकान्त पोखरेल लगायतको उपस्थिति हरेको थियो । कार्यक्रम विद्यालय ब्यवस्थापन समिति अध्यक्ष चुरामणी पन्थीको अध्यक्षता, प्रध्यानाध्यापक केशव बहादुर थापाको स्वागत मन्तब्य तथा शिक्षक शालिक पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend