साझा नेटवर्क
प्रेम सुनार, गुल्मी फाल्गुण १८ ।
गुल्मीका दुई जना महिला जिवनको अन्तिम संघारमा पुगेका थिए । गर्भपतन गराउने औषधी सेवन गरेर धेरै दिन सम्म उच्च रक्तश्राव भएकी ईस्माकी एक महिला र जुभुङ्गकी अर्की एक महिला ( नाम गोप्य ) गर्भपतन गराउने औषधी खाँदा त्यस्तो अवस्थामा पुगेका हुन् । ईस्माकी महिलाको शरिमा रक्त क्षमता जम्मा ४ प्रतिशत मात्रै थियो, भने जुभुङ्गकी महिलाको त झन २ प्रतिशत मात्रै थियो ।
उनिहरुको ढुकढुकी मात्रै बाँकी थियो । परिवारजनले माया मारी सकेका थिए । चित्त बुझाउन तै पनि लैजाउँ अस्पतालमा भनेर परिवारले जिल्ला अस्पतालमा ल्याए । डाक्टर उत्तम पच्याले भरपुर कोशिस गरे उनिहरुलाई मृत्युको मुखबाट फर्काउने । अन्ततः सफल भए । यो त पछिल्लो उदाहरण मात्रै हो । उनि जिल्ला अस्पताल गुल्मी आएको ७ महिना भयो । यो अवधीमा उनले विगतका वर्षभरीमा हुने सल्यक्रियाको रेकर्ड तोडेका छन् ।
अघिल्लो वर्षभरी त्यस अस्पतालमा सात सय जति महिलाहरुले प्रशुति सेवा लिएका थिए भने त्यस्तै १३ वटा जति महिलाहरुलाई सल्यक्रिया गराउनु परेको थियो । उनको यो सात महिनाको अवधीमा ६ सय महिलाहरुले प्रशुति सेवा लिएका छन भने ४३ जना महिलाकाृे सफल सल्यक्रिया गरको तथ्याङक जिल्ला स्वास्थ्य कार्यालयमा रहेको छ ।
उनले पहिलो पटक गुल्मीमा एपेण्डिसको सफल सल्यक्रिया समेत गरेका छन् । मेडिकल जर्नालिष्ट अर्थात सवै रोग हेर्ने एम.डि. डाक्टर उत्तम सेवाग्राहीहरुको आत्माबाट आशिषका पात्र बन्दै आए पनि आम जनमानसमा उनको क्षमता ओझेलमा छ ।
डाक्टर उत्तम गुल्मी कै छोरा हुन् । साविकको पराल्मी गाविस वडा नम्वर २ , हालको रेसुङ्गा नगरपालिका वडा नम्वर १४ मा एउटा साधरण किशान परिवारमा जन्मिएका पाच्या पराल्मी कै तत्कालिन जनविकास प्रावि, महेन्द्र मावि हुँदै अजुर्न आवयिसय माविबाट एसएलसी उतिण गरी अमृत साईन्स क्याम्प काठमाण्डौंमा उच्च शिक्षाका लागि पुगेका थिए ।
डाक्टर बन्ने त उनले सोचेका समेत थिएनन् । खगोल शास्त्रीको भुत उनमा चढेको थियो । उनि भन्छन मैले खाली आकाश तिर हेर्थे, आकाशका तिनै ताराहरुमा मेरो नजर डुलिरहन्थ्यो , मलाई डाक्टर बन्ने त चाहनै थिएन् । पछि मेरी आमा विरामी पर्नु भयो । आमा विरामी परे पछि मात्र मैले डाक्टर बनेर मेरी आमा जस्ता ग्रामिण भेगका मानिसहरुको सेव गर्ने सोच बनाएँ ।
अन्ततः डाक्टर पढ्नका लागि त्रि.बिले छात्राबृत्ति आव्हान ग¥यो र मैले ४३ जनामा १४ औं नम्वरमा नाम निकालेर पढ्न सुरु गरेको हुँ । शिक्षण अस्पताल माहराजगञ्जबाट सन २००७ मा डाक्टर बनेका उनको पहिलो कार्यक्षेत्र धादिङ्गको मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल रहेको थियो ।
त्यहाँबाट उनि काठमाण्डौंको हेल्पिङ्ग ह्याण्डस अस्पतालमा काम गर्न थाले । त्यस पछि मर्लिन भन्ने एक दातृ संस्थाले द्धन्द्धग्रस्त जिल्ला रोल्पामा मेडिकल क्याम्प सञ्चालन ग¥यो । जहाँ उनले पाठेघर खसेका महिलाहरुको समस्या देखेर सल्यक्रिमामा आफुले बढि दखल राख्नु पर्ने सोचे र नभन्दै राम्रो दखल पनि राखे ।
उनले त्यस क्रममा सुर्खेत आसपासका पाँच जिल्लामा पनि काम गरे । राष्ट्रिय चिक्तिसा विज्ञान प्रतिष्ठानबाट एम.डि. डाक्टर गरेका पाच्या ताप्लेजुङ्गमा २ वर्ष वसेर गम्भीर प्रकारका १ सय ८५ जनाको सफल सल्याक्रिया गरे । दुर्गम जिल्ला ताप्लेजुङ्गवासीलाई ८ घण्टाको पैदल यात्रा गरेर स्वास्थ्य सेवा लिनु पर्ने बाध्यता थियो ।
त्यहाँ हामी गाउँ मै पुगेर दिईएको सेवाबाट मैले लिएको उद्देश्य पुरा हुन थालेको महशुस हुन्छ र गर्भ लागेको छ डाक्टर पाच्या थप्छन अहिले आफ्नै जिल्लावासीको सेवा गर्न पाउँदा थप खशुी लागेको छ । अहिले जिल्ला अस्पतालमेै उनले हर्निया, हाईड्रोसिल लगायतका जोखिमपुर्ण सल्यक्रिया गर्ने गरेका छन् ।
गुल्मीमा ब्लड बैंक छैन । डाक्टर पाच्य भन्छन हामी डाक्टरहरु पालैपालो आफै ब्लड दिनका लागि तयार हुन्छौं र अप्रेशन गर्न सुरु गर्दछौं । हाम्रो स्टक व्लड बैक भनेको माथी थागीथुम स्थित नेपाली सेना हो । जसले धेरैलाई नवजिवन दिन ठुलो सहयोग गरेको छ । तत्काल हामी सेना संग आग्रह गर्दछौं , त्यहाँबाट हरेक ग्रुपको व्लड उपलव्ध गराईन्छ ।
माथी सेनालाई हामी सम्मान पनि गरी सकेका छौं, जसको जति प्रशंसा गरे पनि कम हुन्छ । उनले शसत्र प्रहरीले पनि रक्त अभाव पुर्ति गर्ने गरेको बताए ।
सल्यक्रियाका लागि जिल्ला अस्पतालमा प्रविधिहरु प्रयाप्त छन , कहिले काँही विजुलीको भने समस्या पर्दछ उनले भने ५० शैयाको अस्पताल घोषणा भए पनि सोही अनुरुप हुन सकेको छैन् । पछिल्लोचरण डाक्टरहरुको दरवन्दी बढेको र राम्रो ‘टिमवर्क’ डाक्टर देखि नर्सिङ्ग सेवा सम्म भएकोले पनि जिल्ला अस्पतालमा सेवाग्राहीको आकर्षण बढाउन सफल भईएको उनि बताउँ छन् ।
दैनिक सरदर दुई सय जना सेवाग्राही बढ्ने गरेको र सरकारी अस्पताल प्रति बढ्दै गएको जन विश्वासको श्रेय हामी एका दुई डाक्टरलाई मात्र जाँदैन हामी सवैको टिमवर्कमो परिणाम हो , उनले थपे हामी सवै जना केहि गरेर देखाऔं भन्ने उर्जाका साथ लागेका छौं, त्यो पनि हामीले भन्ने कुरा होईन , सेवाग्राहीले मुल्याङकन गर्ने कुरा हो ।
हामी डाक्टरहरु जानि जानि कसैको स्वास्थ्य अवस्था संग खेलवाड गर्दैनौं । मानिसको जिवन बचाउने कर्तव्य बोकेर सपथ लिएर कार्य क्षेत्रमा खटिएका हामी मानिस बचाउनकै लागि जोखिम पनि मल्छौं । कतिपय अवस्थामा सफल पनि नहुन सक्छौं ।
त्यस्तो अवस्थामा हामी प्रति नकरात्मक भाव आक्रमक बनेर आई दिन्छ । जस्तो कि मैले गत सात महिनामा ४५ वटा अप्रेशन गरें । त्यसमा एक जना मात्रै असफल भएर ज्यान गएको भए मैले ति ४४ जनाको ज्यान बचाएको कुरा आउँदैन्थो ।
तपाई पत्रकारहरु र हाम्रो पेशा जोखिमका हिसावले लगभक एउटै हो । तपाईहरुले समाचार संप्रेशण गरेर धेरैलाई न्यायको ढोका सम्म , आर्थिक अभावका कारण उपचार पाउन नसकेर जिवन मरणको दोसाँधमा पुगेकालाई पनि समाचार संप्रेषण गरेर नव जिवन दिनु भएको हुन्छ ।
तर जव तपाईहरु अपरिपक्का सुचनाका आधारमा कुनै एउटा गलत समाचारमा फस्नु हुन्छ त्यस पछि तपाईहरु प्रति पनि नकरात्मक भावहरु बाहिर आउन थाल्छन् । हाम्रो पनि त्यस्तै नै हो । केहि महिना अघि फेशवुकमा डाक्टर पाच्याले आज देखि म भित्रको एउटा डाक्टर म¥यो भनेर स्टाटस लेखेका थिए ।
त्यति वेला रेसुङ्गा अस्पतालका डाक्टरहरुको लार्पवाहीका कारण सल्यकृयाका क्रममा एक जनाको ज्यान गयो भन्दै सो अस्पतालमा घेराबन्दी भयो । अस्पताल जलाउने देखि डाक्टरलाई आक्रमण गर्ने सम्मको प्रयास भयो । त्यहाँका डाक्टरलाई अपराधीका रुपमा प्रहरीले समातेर गाडीमा हालेर लग्यो । भित्र लगेर थुन्यो ।
त्यो दृश्य नियालेका डाक्टर पाच्याले त्यस्तो स्टाटस लेखेपछि धेरैको मन छोएको थियो । त्यस बारे जिज्ञाषा राख्दा उनले भने–‘ हो त्यति वेला मेरो मन दुखेकै हो, म भित्रको एउटा डाक्टर मरेकै हो । त्यहाँका डाक्टरको नियतवस वा असक्षमताका कारण त्यस्तो भएको थिएन । उहाँहरु सक्षम डाक्टर मध्येका एक हुनुहुन्थ्यो ।
विरामीको स्वास्थ्य अवस्था एकदमै कमजोर तर पनि उहाँहरुले जोखिम मोल्नु भयो दुर्भाग्यवास सफल हुन सकेन । त्यस्ता घटना प्रति हामी डाक्टरहरु परिवार जति कै दुखी हुने गर्दछौं । तर पनि कतिपय कम्जोरीहरु प्रति हामी प्रति सकरात्मक सोच राखिदैन, जसले हामीलाई निरुत्साहित गर्दछ ।
डाक्टर पाच्या भन्छन हामीकहाँ अहिले सम्म पनि समाजका उच्च वर्ग कमै मात्र आउने गर्नु हुन्छ । सरकारी अस्पतालमा राम्रो उपचार सेवा हुँदैन भन्ने नकरात्मक सोंच उहाँहरुमा हावी भएको पाउँछौं । यस सरकारी अस्पतालमा अहिले पनि सेवा लिने धेरै गरिव वर्ग नै हो ।
गाउँका गरिव विपन्न महिलाहरुले सात महिनाका अन्तराल मै सरकारी अस्पतालबाट ६ सय जनाले प्रशुति सेवा लिनु भनेको चानचुने कुरा होईन । यसले सरकारी अस्पताल प्रति आकर्षण बढेको स्पष्ट संकेत हो । म अहि आग्रह गर्दछु कि हामी प्रति विश्वस्त भएर आउनुहोस् । हामी तपाईहरुको विश्वासलाई हरकोशिस ढगमगाउन दिने छैनौं ।
हाम्रो क्षमता र साधन श्रोतले भ्याए सम्म वाहिर पठाउने छैनौं । हाम्रो क्षमता भन्दा बाहिरको कुरा भए हामी जहाँ पठाउन परे पनि पठाएर तपाईको उपचार गर्ने प्रतिवद्धता जाहेर गर्दछौं यति हो कि हाम्रो विश्वास गर्नुहोस् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend