logo
  • आइतबार, असोज ११ २०८३

मेलधारा आधारभुत विद्यालयको ४०औं स्थापना दिवस तथा वार्षिकोत्सव कार्यक्रम उद्घाटन सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

चोम बिष्ट, रोल्पा फागुन १६ ।
रोल्पा सुनछहरी गाउँपालिकाको वाडा नम्बर ५ जैमा कसलामा रहेको श्री मेलधारा आधारभुत बिधालयले ४०औं स्थापना दिवस,प्रथम वार्षिकोत्सब तथा बृहत सास्कृतिक कार्यक्रम बिधालय व्यस्थापन समिति अध्यक्ष बुद्धि बहादुर रोकाको सभापतित्व र सुनछहरि गाउँपालिकाका अध्यक्ष आस बहादुर पुन रक्तिम को प्रमुख अथितित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन रेशम पुन संगीतले गर्नु भएको थियो। भने बिशेश अथितिमा शिक्षा संयोजक लीलामणि सुवेदी र शिक्षा स्रोत व्यक्ति नारायण गिरि रहनु भएको थियो।

अतिथिमा सुनछहरी गाउँपालिकाको कार्यपालिका सदस्य मनोज बिक,बिधालयको लागी सहयोगि जग्गा धनी पुरे पुन मगर,माओवादी केन्द्रका प्रतिनिधि खगेन्द्र पुन मगर,नेपाल कम्युनिस्ट पाटीका प्रतिनिधि दिपक घर्ती मगर,नेपाली काङ्ग्रेस प्रतिनिधि शोब बहादुर पुन,सुनछहरी गाउँपालिका वडा नम्बर ६का वडा अध्यक्ष अमरजित पुन,बिधालय भुतपुर्व बिधालय व्यवस्थापन समिति अध्यक्ष लिल बहादुर पुन,निवर्तमान प्राध्यापक जोग बहादुर बुढाथोकी,निवर्तमान बिधालय व्यवस्थापन अध्यक्ष रवि किरण पुन,श्री नमुना माध्यमिक बिधालय जैमा कसलाका प्राध्यापक याम प्रसाद अधिकारि,इलाका प्रहरी कार्यलय पोबाङ प्रहरी नायब निरीक्षक कर्ण रौले,नेपाल राष्ट्रिय माध्यमिक बिधालय फगामका शिक्षक देउमन रोका क्षेत्री,नवचेतना प्राथमिक बिधालय माबाङका शिक्षक पुनराम थापा,राष्ट्रिय स्तरका कलाकार तथा जनबादी गायक झङकार बुढामगर,नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिङ बिक,लगाएतको अथितित्व रहेको थियो।

कार्यक्रममा राष्ट्रिय गित बाट देशलाइ सम्झीदै कार्यक्रममा उपस्थिति सम्पुर्णलाइ एकमुष्ट सहभागीताको लागी धन्यवाद तथा सबैमा बिधालय शिक्षक बालाराम पुनले स्वागत मन्तव्य दिनु भएको थियो कार्यक्रममा प्रमुख अतिथि र बिशेश अथिती बाट व्यानर उद्घाटन तथा दिप प्रज्वलन गरिएको थियो। कार्यक्रममा रेशम पुनले स्थापना देखी हालसम्म भएको बिधालयको गतिविधि बारेमा प्रष्ट पारेका थिए ।

साथै मन्तव्य क्रममा मानसिङ बिक,अमरजित पुन,देउमन रोका क्षेत्री,दिपक घर्ती,खगेन्द्र पुन,शोब बहादुर पुन लगाएतले बिधालयको ४० औं स्थापना दिवस र प्रथम वार्षिकोत्सबलाइ उत्साह जनक सब्य भएको समेत बताए त्यस्तै बिशेश अथिती लीलामणि सुवेदी प्रमुख अथिती आस बहादुर पुन रक्तिमले मन्तव्य क्रममा यस बिधालयको स्थापना ४० औं वर्ष पार गरेपछि पहिलो पटक वार्षिकोत्सबको कार्यक्रममा यस बिधालयले गरेको आयोजना र भाबी समयमा नमुनाको रूपमा अगाडि बढ्न सक्ने र बिधालयको फरक नबिनतमका साथ अगाडि बढिरहेको साथै शिक्षक विद्यार्थी र अभिभावक त्रीकोणात्मक सम्बन्ध रहनुपर्नेमा जोड दिदै कार्यक्रम सभ्य एवं भब्य रहेको समेत बताए।

कार्यक्रमको बिचबिचमा बिधालयका कलाकार त्यस्तै राष्ट्रिय ख्याति प्राप्त गायक झङकार बुढा,हास्यस कलाकार गन बहादुर पेस्टोल,भरत संगीत,आकाश बुढा लगाएतले उपस्थिति दर्शकलाइ भरपुर मनोरञ्जन दिलाएका थिए। त्यस्तै बिधालयका विद्यार्थी शिक्षकले ४०औं स्थापना दिवस तथा प्रथम वार्षिकोत्सब भब्य रुपले सफल पारौ,शिक्षक विद्यार्थी अभिभावक एक हौं,शिक्षाको उज्यालो बाट कोहिपनी बन्चित नहौ,शिक्षाको गुणस्तर बढाउ,हाम्रो बिधालय फुलोस फलोस भन्ने लगाएतको मुलनारा सहित बिधालय परिक्रमा गर्दै बिधालय प्रवेश गरेका थिए ।

कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति बुद्धि बहादुर रोकाले आजको कार्यक्रममा सरल सभ्य एवं भब्य रूपमा सम्पन्न गर्न उपस्थित सम्पुर्णलाइ बिशेश धन्यवाद दिदै भोलिको दिन पुन उपस्थितिको लागी अनुरोध गर्दै आजको उद्घाटन कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए।भने कार्यक्रममा थप बृहत सास्कृतिक कार्यक्रम स्थानीय तथा राष्ट्रिय कलाकार द्वारा बेजोड प्रस्तुतिका साथै विभिन्न खेलकुद रहेको हुदा कार्यक्रम २० गतेसम्म संचालन हुने आयोजक समितिले बताएकोछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend