logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीको रेसुङ्गाको स्टेशन म्यानेजर अनिता पर्वतमा सम्मान


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री ,गुल्मी फागुन १६ ।
गुल्मीको रेडियो रेसुङ्गा एफ एम का स्टेशन म्यानेजर अनिता खत्री सम्मानीत भएकी छन् । पर्वतको सदरमुकाम कुस्माबजारमा बुधवार देखी शुरु भएको दशौँ पश्चिमाञ्चल महिला महोत्सव तथा सामुदायिक रेडियो दिदी बहिनी पर्वतको आठौँ बार्षिकोत्सव समारोहको उदघाटन कार्यक्रमका अवसरमा खत्रीलाई सम्मान गरिएको हो ।कार्यक्रममा खत्रीसँगै नेपालका सम्पुर्ण महिला म्यानेजरहरुलाई सम्मान गरिएको आयोजकले जनाएको छ । देसभरबाट कुश्मा पर्वत पुगेका २० जना महिला स्टेशन म्यानेजरहरुलाई दशौं पश्चिमाञ्चल महिला महोत्सव रेडियो दिदी बहिनीको आठौं वार्षिकोत्सवको उद्घाटन गर्न पुगेका माओवादी केन्द्रका अध्यक्ष एबं पूर्व प्रधानमन्त्री प्रचण्डले सम्मानित गरेका हुन् ।दशौँ पश्चिमाञ्चल महिला महोत्सव तथा सामुदायिक रेडियो दिदी बहिनी पर्वतको आठौँ बार्षिकोत्सव समारोहको उदघाटन उद्घाटन गदै पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई आर्थिक समृद्धितर्फ लैजानको लागि दुई तिहाईको सरकार बनाउन लागेको बताएका छन् ।उनले स्थायित्व, विकास र समाजबाद तर्फ देशलाई लैजानको लागि आफूहरु दुई तिहाइको सरकार बनाउनको लागि प्रतिबद्ध भएर लागेको बताए । प्रचण्डले महिलाहरुलाई अब समानुपातिकमा कम र प्रत्यक्षतर्फ बढी गर्दै लैजाने आफूहरुको मनाशय रहेकोपनि खुलासा गरे ।

उनले बहुमतको यो सरकारले महिलाहरुलाई अगाडी बढाउनको लागि प्रतिबद्ध रहेको पनि बताएका थिए ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

उनले स्थायित्व, विकास र समाजबाद तर्फ देशलाई लैजानको लागि आफूहरु दुई तिहाइको सरकार बनाउनको लागि प्रतिबद्ध भएर लागेको बताए । प्रचण्डले महिलाहरुलाई अब समानुपातिकमा कम र प्रत्यक्षतर्फ बढी गर्दै लैजाने आफूहरुको मनाशय रहेकोपनि खुलासा गरे । उनले बहुमतको यो सरकारले महिलाहरुलाई अगाडी बढाउनको लागि प्रतिबद्ध रहेको पनि बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend