साझा नेटवर्क
कमल पौडेल, बागलुङ फागुन १५ ।
बडिगाड गाउँकार्यपालिकाको नियमित वैठक गाउँपालिकाको कार्यालय ग्वालीचौरमा सम्पन्न भएको छ। वैठकले वडिगाड गाउँपालिका भित्र प्रत्येक महिना एक दिन जनश्रमदान अभियान सुरु गर्ने निर्णय गरेको छ।
जसको लागी “एक महिनामा एक दिन अनिवार्य जनश्रमदान, वडिगाड गाउँपालिकाको जिवन्त अभियान” संचालन गर्ने निर्णय गरेको हो। वैठकले शिक्षक सरुवाका सन्दर्भमा परेका निवेदन अनुमोदन गरेको छ। त्यस्तै वडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा रहेको स्वास्थ्य इकाई प्रशुति केन्द्रमा अहेवलाई काजमा खटाउने निर्णय गरेको छ।
लक्षित वर्ग तर्फ महिला तथा वालवालिका र अपांगता भएकाहरु र लघुउद्यम कार्यक्रमको लागि विनियोजित कार्यक्रम संचालन गर्नको लागी परेका प्रस्ताव स्वीकृत गरेको छ। त्यस्तै त्रिभुवन मावि खर्वाङको लागी प्राविधिक शिक्षा व्यावस्थापन को रकम भवन निर्माणमा खर्च गर्न अनुमति दिने निर्णय गरेको छ। वैठक गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाको अध्यक्षता तथा प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माको संचालनमा सम्पन्न भएको थियो।


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend