logo
  • आइतबार, असोज ११ २०८३

महेन्द्र नमुना मावि जिल्लाकै नमुना विद्यालय बन्ने


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी फागुन १२ ।
रेसुङ्गा नगरपालिका १ तम्घास गुल्मीमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालय जिल्लाकै नमुना विद्यालय बन्ने भएको छ । शनिबार विद्यालयमा बसेको सरोकारवालाहरुसँगको गोष्ठिले गुरुयोजना निर्माण गरी नमुना विद्यालय बनाउने निर्णय गरेको हो । विद्यालयको शैक्षिक, भौतिक र ब्यवस्थापकिय पक्षमा गुरुयोजना बनाई काम गर्ने विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक केशर बहादुर थापाले विद्यालयको भौतिक तथा आर्थिक अवस्था, विद्यार्थी र शिक्षक सङ्ख्या लगायतका विषयको बारेमा जानकारी गराएका थिए । नमुना विद्यालय बनाउनको लागि विद्यालयले शैक्षिक गुणस्तरलाई सुधार गर्नुपर्ने, भौतिक पक्ष सबल हुनुपर्ने, विद्यार्थीको शुल्क समायोजन गर्नुपर्ने लगायतका विषहरु सुझावको रुपमा आएका छन् ।

जिल्लाकै पुरानो शैक्षिक सँस्था भएकोले समग्र जिल्लाका शैक्षिक सँस्थाको नेतृत्व महेन्द्र विद्यालयले लिनुपर्नेमा सहभागिहरुले जोड दिएका थिए । त्यसरी सुझावको रुपमा आएका विषयवस्तुलाई विद्यालयले टिर्पाेट गर्ने र गुरुयोजनाको निर्माग गर्ने बताइएको छ ।

कार्यक्रम विद्यालय ब्यवस्थापन समिति अध्यक्ष चुरामणी पन्थीको अध्यक्षता, रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालको प्रमुख आतिथ्यता, नेपाली काङ्ग्रेसका जिल्ला सभापति भुवन श्रेष्ठको विशेष आतिथ्यता तथा शिक्षिका लक्ष्मी अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend