साझा नेटवर्क
सुर्य चन्द, काठमाडौँ फागुन १२ ।
हेयर स्टाइलिष्ट निल डेभिडको निल डेभिड्स युनिसेक्स सलुनको लोकप्रियता बढ्दै जाँदा भारतमा पनि यसको फ्रेञ्जाइजी बढ्न थालेका छन् । उनको फ्रेञ्जाइजी सलुन भारतको अलाहबादमा पनि सञ्चालनमा आएको छ । उनको सो फ्रेञ्चाइजी ब्राण्डको बुधबार बलिउडका सुपरस्टार अमिताभ वच्चनको नगरी अलहाबादमा भारतिय व्यापारी अजय अग्रवाल र सोमनीले संयुक्तरुपमा शुभारम्भ गरेका हुन् ।
उक्त फ्रेञ्जाइजी सलुन अन्तराष्ट्रिय स्तर र अत्याधुनिक शैलीको छ। भारतको मुम्बई स्वस्तीका फ्रेञ्चाइजी म्यानेजमेन्टले निलको भारतका विभिन्न शहरमा १ सयको संख्यामा फ्रेञ्चाइजी सञ्चालनमा ल्याउने गरी निलसंग सम्झौता गरेको छ । जस अनुसार गुहाटी आसाममा फ्रेञ्चाइजी सलुन सञ्चालनमा आईसकेको छ ।
नयाँदिल्ली, अजमगढ, वाराणासी र लखनउमा फ्रेञ्चाइजी सलुन चाडै सञ्चालनमा आउने तयारी भईरहेको निलले बताए । ‘पहिले आफ्नै दिल्ली, थाइल्याण्ड, लण्डन र सिंगापुरमा ३ वर्ष लगाएर हेयर स्टाइल र मेकअप आर्टिष्टको कोर्ष पढी अन्तराष्ट्रिय डिग्री लिएँ, निलले भने ।
‘यही अध्ययन मेरो बलियो आधार बन्न पुग्यो र आज झापा लक्ष्मीपुरको यो युवा भारतसम्म आफ्नो फ्रेञ्चाइजी सलुन र शाखा सलुन सञ्चालनमा ल्याउन सफल भएको छ।’ उनले आगामी मार्च १३ मा सिलगुढीमा निल डेभिड्स स्टाइलो सलुनसमेत सञ्चालनमा ल्याउने भएको छन् ।


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend