logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीको सिमलटारीबाट बुटवलको लागी निशान, हाइस छुटे


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी फागुन ११ ।
गुल्मी यातयात व्यवसायी संघ गुल्मीले आफनो १५औँ स्थापना दिवशको अबसरमा थप सेवा सुरुगरेको जनाएको छ । जिल्लाको सदरमुकाम तम्घासबाट मात्र निशान,हाइस गाडीबाट बुटवल सम्म सेवालाई ग्रामीण स्तरमा पनि सेवा बिस्तार गरेको गुल्मी यातयात व्यवसायी संघका महासचिव हिमाल कुँवरले बताए । गुल्मीमा ०५९ सालमा स्थापना भएको व्यवसायी संघ गुल्मीले १५औँ स्थापना दिवशको अबसर पारेर जिल्लाको मालिका गाउँपालिका सिमलटारीबाट शुक्रवार एक कार्यक्रमको आयोजना गरेर निशान,हाइस गाडीबाट बुटवल सम्म छुटने व्यावस्था मिलाएको महासचिव कुँवरले बताए । सिमलटारीबाट बिधिवत रुपमा मालिका गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष टिका जिसीले रिबन काटेर सुभाम्ब गरेका थिए । उदघाटन गर्दै वडा अध्यक्ष जिसीले ग्रामीण स्तरमा पनि सुबिधा सम्मपन्न गाडीहरु मार्फत सेवाबिस्तार गरेकोमा धन्यवाद दिएका थिए ।संघले स्थापना दिवशको अवशरमा तम्घास जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण समेत गरेको छ । शुक्रवार बिहान तम्घास अस्पतालमा रहेका १५ जना बिरामीहरुलाई संघका पदाधीकारी सहितको टोलीले फलफुल बितरण गरेका थिए ।फलपुल बितरण पछी सभालाई सम्मबोधन गर्दै तम्घास जिल्ला अस्पताल प्रमुख श्यमकिशोर चौधरीले बिरामीहरुको स्वास्थ्य प्रति गरेको सदभावलाई धन्यवाद दिएका थिए । उनले अस्पतालका लागी आगामी दिनमा अझवढी प्रभावकारी कार्यक्रमहरु गर्न आग्रह गरेका थिए । स्थापना दिवसँगै व्यावसायी संघले जिल्लाको सामाजिक क्षेत्रमा केहि नयाँ कामहरु गर्ने सोचमा रहेको महासचिव कुँवरले बताए ।

संघले गुल्मीको तम्घासबाट लगायत बुटवल, काठमाडौ लगायतका स्थानमा जिप,बस, निशान गाडीहरु छुटाउँदै आएको छ । जिल्लाका दुर्गम तथा विकट गाउँदेखि देशका विभिन्न शहरसम्म संघमा आवद्ध यातयातका साधनहरुले यात्रुहरुलाई सहजता सेवा प्रदान गर्ने मुख्य उदेश्यले थप सेवाहरु थपिएको गुल्मी यातायत व्यावसायी संघ गुल्मीका कार्यालय प्रमुख डोलबहादुर कुँवरले बताए ।

संघमा आबद्ध बिशेषगरी जिप,बस,ट्क्सी,माइक्रो बस,मिनि बस,निशान हाइस लगायतका गाडीहरु अहिले सञ्चालनमा रहेका छन् .। अहिले गुल्मी यातयात व्यवयायी संघमा विभिन्न प्रकृतिका करिब २ सय ७० वटा यातयातका साधन आबद्ध रहेका छन् ।

संघले गुल्मी जिल्लासँगै बाग्लुङ्ग,अर्घाखाँची लगायतका छिमेकी जिल्लाहरुमा पनि आफ्ना सेवा सञ्चालन गरीरहेको कार्यालय प्रमुख कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend