logo
  • आइतबार, असोज ११ २०८३

रेसुङ्गा नगरका महिलालाई नि:शुल्क बाख्रा प्रदान


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी फागुन १० ।
महिलाहरुको आयआर्जनमा टेवा पु¥याउने उदेश्यले रेसुङ्गा नगरपालिकामा महिलाहरुलाई बाख्रा बितरण गरिएको छ । रेसुङ्गा नगरपालिकाको वडा नम्बर ७ मा रहेका आर्थिक अबस्था न्यून रहेका महिलाहरुको समुहलाई बाख्रा बितरण गरिएको हो । महिलाहरुको आय आर्जनमा टेवा पुराउने मुख्य उदेश्यले महिलाहरुलाई बाख्रा बितरण गरिएको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहनप्रसाद पाण्डेयले जानकारी दिए । वडा अध्यक्ष पाण्डेयले एक कार्यक्रमका बिच संयुक्त रुपमा महिलाहरुलाई बाख्रा बितरण गरेका छन् । नगरपालिकाको वडाको बिनियोजित खर्चबाट रु १ लाख रकमबाट मौरिका डाँडा बाख्रा पालन महिला समुहका २० जना महिलालाई बाख्रा बितरण गरिएको छ । प्रति एक महिलाई एउटा बाख्रा ८० प्रतिशत रकम र स्वयम महिलाको २० प्रतिशत रकमबाट बाख्रा पाएका हुन् । नजिकै प्रसस्त जंगल रहेकाले बाख्राको निम्ती पनि चरण क्षेत्र रहेकाले महिलाहरुको आर्थिक अबस्थामा सुधार ल्याउने उदेश्यले बाख्रा दिएको अध्यक्ष पाण्डेयले बताए ।

वडाबाट बाख्रा पाएसँगै महिलाहरुले यसैबाट नमुना बाख्रा पालन सम्म बनाउने उदेश्य लिएका बताएका छन् । वडाबाट हाल एउटा बाख्रा प्राप्त भएको छ रुपा चुदाराले भनिन् ‘हामीले यसैबाट धेरै बाख्रा बनाएर यसैलाई निरन्तरता दिनेछौं ।’ यो बाख्रा पालनलाई नमूना बनाउने महिलाहरुले बताएका थिए । चुदारा जस्तै सबै महिलाहरुले यसलाई राम्रोसँग पालन पोषन गरेर मनग्य कमाई गर्ने अठोट लिएको बताएका थिए ।

सानो सुरुवातबाटै भएपनि महलिाहरुको आर्थिक जिवनस्तरमा सुधार ल्याउन महत्वपूर्ण भुमिका रहने वडा सदस्य उमा चुदाराले बताइन् । एउटा बाख्राबाट धेरै बाख्रा बनाएर यसलाई आम्दानीको दरिलो माध्यम बनाउने अठोट लिएर काम गर्ने महिलाहरुले अठोट लिएको वडा सदस्य चुदाराले बताइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend