logo
  • शनिबार, असोज १० २०८३

जनवादी गाएक शर्माद्वारा त्रिभुवन माविलाई २५ हजार सहयोग


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ फागुन ८ ।
जनवादी गायक जीवन शर्माले गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घाको त्रिभुवन माविको लागि नगद २५ हजार सहयोग गर्नुभएको छ। विद्यालयको स्वर्ण महोत्सवको अवसरमा गायक शर्माले सो रकम हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा गित गाउन पुग्नुभएका गायक शर्माले विद्यालयलाई गुल्मी कै नमुना गराउन र व्यावसायीक शिक्षा सुरु गर्ने उद्धेश्य पुरा गर्न भन्दै नगद हस्तान्तरण गर्नुभएको छ।

सर्वहारा जनताको पक्षमा गित गाउने शर्माले कुर्घाको भुवाचिदि वजारमा रहेको विद्यालयलाई सहयोग हस्तान्तरण गर्दा स्थानिय सहयोगदाता समेत उत्साहित वनेका थिए। विद्यालयका शिक्षक निलम शर्माले कलाकार शर्माको कदमले स्थानियलाई थप सहयोगको लागी प्रेरित गरेको वताउनु भएको छ।

यसै विच गायक शर्मालाई विद्यालयको तर्फवाट मुसिकोट नगरपालिका का उपप्रमुख कमला शर्मा लगाएतले सम्मान गर्नुभएको थियो। ६ दिन सम्म चलेको त्रिभुवन माविको स्वर्ण महोत्सव समारोह मंगलवार सकिएको छ।

महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवि भण्डारीले गर्नुभएको थियो। “गुणस्तरीय प्राविधिक शिक्षा, नमुना विद्यालय हाम्रो प्रतिवद्धता” भन्ने नारासहित विद्यालयले स्वर्ण महोत्सवको अवसरमा गरेको आर्थिक अभियानमा १ करोड ९५ लाख संकलन भएको छ।

आज भएको समापन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम वहादुर थापाले प्रतिवेदन पेश गर्दै कार्यक्रममा सहयोग गर्दे सवै प्रति आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ। वि.सं. २०२४ सालमा स्थापना भएको विद्यालय शैक्षिक संगसंगै खेलकुद तथा अन्य विद्यामा समेत उत्कृष्ट विद्यालयको रुपमा प्रस्तुत हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend