साझा नेटवर्क
Presedent Bidya Devi Bhandari. Photo: President's Office
साझा नेटवर्क, काठमाडौं फागुन ८ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले तीनजनालार्इ राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी छन् । संविधानको धारा ८६ को उप धारा ९२० को खण्ड ९ ख० बमोजिम सरकारको सिफारिस अनुसार मंगलबार उनले झापाका डा युवराज खतिवडा, मकवानपुरका रामनारायण बिडारी र मोरङकी डा विमला पौड्याललार्इ मनोनित गरेकी हुन् ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले तीनजनालाई सिफारिस गर्ने निर्णय गरेको थियो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले सिफारिस गरेका राष्ट्रियसभाका लागि गोपाल बस्नेत,चाँदनी जोशी र कृष्ण पौडेललाई सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद्को अघिल्लो बैठकले कांग्रेस नेतृत्वको सरकारले सिफारिस गरेका नाम फिर्ता लिएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend