साझा नेटवर्क
गुल्मी फाल्गुन ७ ।
नेपाल सरकार, सुचना तथा सञ्चार मन्त्रालय सुचना विभागको आयोजनामा गुल्मीमा आधारभुत पत्रकारिता तालिम गुल्मीमासम्पन्न भएको छ । सुचना विभागका मुख्य आयोजनामा सम्पन्न तालिममा युएसएड नेपाल संस्था अन्तरगत एकिकत समाज विकास नेपालको सह–आयोजना र नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा फाल्गुन–३ गतेबाट सुरु भएको थियो ।
पाँच दिन सम्म चलेको तालिममा ३० जनाले सहभागिता जनाएका थिए । तालिमको समापन गर्दै समन्व्य समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले देश सक्रमण कालिन अवस्थामा रहेकोले नगरात्मक र निरासाजनक भन्दा सकरात्मक र उत्साह दिने खालको विषय वस्तु उठान गर्नु पर्ने सुझाव दिएका थिए ।
उनले ५ नम्वर प्रदेश स्तरिय पत्रकारिता तालिम यस प्रदेशका यतिाका जिल्ल्ला मध्ये गुल्मीलाई छनौट गरिएको प्रति आयोजक संस्थालाई जिल्लावासीको तर्फबाट धन्यवाद समेत दिएका थिए । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकत मुक्तिराम गैरे , प्रमुख प्रशिक्षक एवं गोरखापत्र दैनिकका वरिष्ठ पत्रकार तोया गौतम, जिल्ला युवा समितिका अध्यक्ष राजेन्द्रविक्रम कुँवर र पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघका केन्द्रिय सभासद प्रेम सुनारले तालिममा सिकेका विषयबस्तु व्यावहारमा परिणत गरेर समाज परिर्वतनमा महत्वपूर्ण भुमिका निर्वाह गर्न आग्रह गरे ।
पत्रकारिता तालिमको सहजिकरणमा महत्वपुर्ण भुमिका खेलेको भन्दै आयोजनक संस्थाले नेपाल पत्रकार महासंघ गुल्मीलाई प्रशंसा पत्र प्रदान गरेको थियो । प्रशंसा पत्र ग्रहण गर्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिल खत्रीले गुल्मी जिल्लालाई छनोट गरेर तालिमको व्यावस्था मिलाएको धन्यवाद दिएका थिए ।
उनले पाँच दिन सम्म सिकेका आधारभुत कुराहरुबाट पत्रकारितामा प्रबेश गर्ने अबसर भएकाले तालिमबाट सिकेका कुराहरु व्यावहारमा परिर्वतन गर्न आग्रह गरे । उपाध्यक्ष खत्रीले अहिलेको जमना सामाजिक सञ्जालको भएकाले सबै नागरिक पत्रकारिताको घेराभित्र रहेकाले त्यसैबाट पनि सहि र सत्य तथ्य समाचारहरु प्रवाह गर्न सकिने बताए ।
कार्यक्रममा सहभागिको तर्फबाट नविन अर्यालले तालिमको प्रभावकारितावारे प्रकाश पारेका थिए । एकिकत समाज विकास नेपालका कार्यकारी निर्देशक दिपक कार्कीको अध्यक्षतामा युएसएड नेपालकी कार्यक्रम अधिकृत सविता भट्टराईको स्वागत मन्तव्य र नेपाल पत्रकार महासंघकी ५ नम्वर प्रदेश सभासद सञ्जिवनी अर्यालको सञ्चालन रहेको थियो । तालिमको फागुन ३ गते सुचना विभागका महानिर्देशक विरबहादुर राइले उद्घाटन गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend