logo
  • आइतबार, असोज ११ २०८३

मानव अधिकार वर्ष पुस्तक सार्वजनिक, पश्मिाञ्चलबाट २१ सय २२ जना पीडित


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, पोखरा, फागुन ७।
नागरिकका अधिकार संगै कर्तव्यको पालना भएमात्रै मानवअधिकारको कार्यन्वयन सहज हुने प्रदेश नम्वर ४ का प्रमुख बाबुराम कुँवरले बताए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा कार्यालयले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को सार्वजनिकीकरण तथा मानव अधिकार विषयक विचार गोष्ठीमा बोल्दै प्रदेश प्रमुख कुँवरले सो कुरा बताएका हुन ।

कुँवरले मुलुक नयाँ संरचना संगै कानुन कार्यान्वयनको चरणमा भएकोले स्थानीय तहमा कानुन निर्माण गर्न जनताले जनप्रतिनिधिलाई झक्झक्याउन आवश्यक रहेको औल्याए । साथै जनप्रतिनिधिले पनि जनताको अपेक्षा अनुरूप कानुन निर्माण गरी कार्यान्वयन गर्न आवश्यक रहेको बताए । इन्सेकले गैरसरकारी निकायका तर्फबाट मानव अधिकार उल्लंघनका विषयलाई अभिलेख गरेकोमा कुँवरले धन्यवाद दिए ।

त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगको निमित्त प्रमुख नितु गर्तौलाले मानवअधिकार बर्षपुस्तक मानवअधिकारको अभिलेखीकरणको महत्वपुर्ण स्रोत रहेको बताइन् । साथै महिलाको नागरिकता तथा बालबालिकाको जन्मदर्ता भएका कारण अधिकारको उपभोग गर्नबाट बञ्चित भएको बताउँदै इन्सेकले सो विषयको पनि अभिलेख गर्न आवश्यक रहेको बताईन् ।

नेकपा एमालेकी जिल्ला सचिवालय सदस्य बिजया सुवेदीले आफुमाथि भएका मानव अधिकार हनन्का घटना नसहन तथा उजुरी गर्न सबै सचेत हुनुपर्नेे बताईन् । नेकपा माओवादी केन्द्रका जिल्ला सह संयोजक हरि नारायण गिरीले स्थायी सरकार र कानुनको पुर्ण पालना भएमात्रै अधिकारको रक्षा हुने भनाई राखे । राष्ट्रिय जनमोर्चाका गण्डकी ईञ्चार्ज शंकर बरालले भ्रष्टाचार अझैसम्म पनि व्याप्त रहेको हुँदा स्थानीय सरकारले सो कुरा नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

त्यस्तै पत्रकार महासंघका पुर्व अध्यक्ष पुण्य प्रसाद पौडेलले नेपाल मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार, आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार र राजनैतिक अधिकारका विषयलाई जनतासामु पस्किन संचारकर्मीलाई समेत सहज बनाएको बताए । सोही कार्यक्रममा आफ्ना भनाई राख्दै गैसस महासंघका सचिव राम प्रसाद सुवेदीले इन्सेकको बर्ष पुस्तकको कारण द्धन्द्धपीडितलाई न्याय दिने कार्यमा समेत सहज बनाएको बताए ।

शान्तिका लागी नागरिक समाजका सञ्जाल कास्कीका अध्यक्ष बिष्णु बरालले राजनीतिक अस्थिरता अन्त्य संगै देश समृद्धिको यात्रामा अगाडि बढेको हुनाले सुशासन बिना कसैको अधिकार सुरक्षित नहुने हँुदा सबै सचेत हुन आवश्यक रहेको बताए । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रको मानव अधिकारको अवस्थाको बारेमा इन्सेक पोखरा कार्यालयका संयोजक शिव खकुरेलले प्रकाश पारेका थिए ।

पश्मिाञ्चलबाट २१ सय २२ जना पीडित

इन्सेक पोखराका अनुसार पश्चिमाञ्चल विकास क्षेत्रमा सन् २०१७ मा राज्य पक्षबाट दुई सय ६४ जना र गैरराज्य पक्षबाट एक हजार आठ सय ५८ जना पीडित भएको छन् । इन्सेकको अभिलेख अनुसार यसवर्ष पश्चिमाञ्चलमा राज्य पक्षबाट निर्वाचन बिथोल्न सक्ने तथा निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आशंकामा १० जना महिला सहित दुई सय २३ जना ब्यक्ति गिरफ्तार भएका छन् ।

पश्चिमाञ्चल विकास क्षेत्रमा यस वर्ष गैरराज्य पक्षबाट भएका विभिन्न घटनामा परि २२ जना महिला सहित ३४ जना ब्यक्तिको हत्या भएको इन्सेक पोखराकी प्रलेख अधिकृत सुमित्रा भट्टराईले बताइन् । कार्यक्रममा स्वागत मन्तव्य राखेकी थिईन् भने सञ्चालन इन्सेक पोखराकी कार्यक्रम संयोजक सवनम शर्माले गरेकी थिईन् ।

साझा नेटवर्क र इन्सेककर्मी अर्याल पुरस्कृत

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले इन्सेक गुल्मी प्रतिनिधी तथा साझा नेटवर्क डटकमका जिल्ला संवाददाता टोपलाल अर्याल र गोरखा प्रतिनिधी हरिराम उप्रेतीलाई पुरस्कृत गरेको छ । जिल्लामा रहेर उत्कृष्ट कार्यसम्पादन गर्ने जिल्ला प्रतिनिधी मध्ये ५ नं प्रदेशबाट टोपलाल अर्याल र ४ नम्वर प्रदेशबाट उत्कृष्ट कार्य सम्पादन गरेवापत अर्याल र उप्रेती पुरस्कृत भएका हुन् ।

सोमबार इन्सेक पोखरा कार्यालयको आयोजनामा भएको मानव अधिकार वर्ष पुस्तक सार्वजनिकीकरण कार्यक्रममा प्रदेश प्रमुख बाबुराम कुवंरले पुरस्कार प्रदान गरेका हुन् । कुवंरले कदर पत्र र नगद सहित सम्मान गरेका थिए । इन्सेक जिल्ला प्रतिनिधिको हैसियतले कुशलतापुर्वक अधिकार अनुगमन र प्रलेखन गर्ने एक जना जिल्ला प्रतिनिधीहरुलाई प्रत्येक बर्ष सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend