logo
  • आइतबार, असोज ११ २०८३

प्रजातन्त्र दिवसको अवसरमा प्रभातफेरी


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री,गुल्मी फागुन ७ ।
जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो ।
दिवसको अवसरमा गुल्मीमा सोमवार बिहान नगर सरसफाइ,जिल्ला अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको थियो। जिल्ला समन्वय समिति गुल्मी सहित जिल्ला स्थित बिभिन्न कार्यक्रमहरुका प्रमुख कर्मचारी सर्बसाधरण सहित लाकुरी मंचबाट तम्घास बजारका बिभिन्नचोक चोकमा पुगी प्रभातफेरी कार्यक्रममा सम्पन्न गरेका थिए ।
कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीको अध्यक्षता जिल्ला स्थित बिभिन्न दलका प्रमुख राजनीति दलका प्रतिनिधि,बिभिन्न कार्यालयका प्रमुख,नागरिक समाज,पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन जिल्ला समन्वय समिति योजना तथा प्रशासकिय अधिकृत चोलाराज शर्माले गरेका थिए । दिवसको अबसरमा मंगलवार दिउँसो अन्र्तक्रिया समेत आयोजना गरिएको छ ।
एकसय चार वर्षे जहानियाँ राणा शासनविरुद्ध चर्किएको आन्दोलनपछि तत्कालीन शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend