logo
  • आइतबार, असोज ११ २०८३

सुशासन अभियान गुल्मीद्वारा गुनासो सुन्ने कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

गुल्मी, फागुन ६ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आबद्ध संस्था सुशासन अभियान गुल्मी मार्फत सञ्चालित बाताबरण वित्त सुशासन ९ऋष्mिबतभ ँष्लबलअभ न्यखभचलबलअभ० कार्यक्रम अन्तर्गत भुकम्प प्रभावित क्षेत्र मुसिकोट नगरपालिका वडा नं २ र ७ मा स्थानियहरु संग छलफल तथा गुनासो सुन्ने कार्यक्रम सम्पन्न गरिएको छ ।

भुकम्प पछि पुननिर्माणको अवस्था र भुकम्प पछि जलवायुमा आएको परिर्वतन बारे स्थानिय व्यक्तिहरु संग छलफल तथा गुनासो संकलन गरिएको थियो । छलफलमा भुकम्प पछि पुननिर्माण कार्यमा ढिलाई भएको, रातो कार्ड बनाउन छुटेको र पुन बनाउने पहल हुन नसकेको जस्ता गुनासो प्राप्त भएका थिए ।

जलवायु परिर्वतनमा पानिको मुहान भासिने तथा सुक्दै गएको मुहान सूक्दै जादां उब्जनीमा कमी भएको फलफुल उत्पादनमा ह्रास आएको, फलफुलहरु बेमैसममौ फुल्ने र फल्ने गरेको, विभिन्न पन्छिहरु लोप हुदै गएको, मोटरबाटो विस्तारले पनि जलबायु परिवर्तनमा असर पारेको लगाएतका गुनासोहरु आएका थिए ।

कार्यक्रममा सुशासन अभियान गुल्मीका अध्यक्ष्ँ श्यामकुमार पाण्डेय, सह–सचिव विनोद पाण्डेय, सल्लाहकार ढुण्डिराज पोखरेल, कार्यक्रम सहायक अञ्जना अधिकारी, रेसुङ्गा बहुमुखि क्यामपसका उप–प्राध्यापक राम प्रसाद खनाल साथै स्थानिय समाजसेवी व्यत्तित्व मदन घिमिरे,तथा राजन घिमिरे लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend