logo
  • आइतबार, असोज ११ २०८३

युवा तथा खेलकुद विकास समितिको वैठक सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ फागुन ६ ।
युवा तथा खेलकुद विकास समिति गल्कोट नगरपालिका वडा नं. ११ रिघा बागलुङको वैठक सम्पन्न भएको छ।बैठकले समितिको तर्फवाट आयोजना हुन लागेको फुटवल लगाएतका प्रतियोगीतात्मक कार्यक्रमको तयारीको लागी आर्थिक अभियान,प्रचार प्रसार अभियान, अतिथी व्यावस्थापन लगाएतको जिम्मेवारी वाँडफाड गरेको छ। यहि फागुन १९ गते देखि २५ गते सम्म रिघाको खेलकुद मैदानमा कार्यक्रम हुन लागेको हो।

बागलुङको पश्चिम क्षेत्रकै अधिक राशि १ लाखको पुरस्कार सहितको खुल्ला फुटवल प्रतियोगीता, लगाएत धनुषवाण प्रतियोगीता, खुल्ला सामुहिक लोक नृत्य प्रतियोगीता रहने आयोजकले जनाएको छ। वैठकमा गल्कोट नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष डम्वर श्रीसको विशेष आतिथ्यता रहेको थियो। वैठक युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दान श्रीसको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend