साझा नेटवर्क
कमल पौडेल, बागलुङ फागुन ६ ।
नेपाल लोकतान्त्रीक आदिवासी जनजाती महासंघको वडिगाड गाउँपालिका स्तरीय पहिलो भेला खर्वाङमा सम्पन्न भएको छ।
भेलाले दिनेश थापाको अध्यक्षतामा २५ सदस्यिय नयाँ कार्यसमितिको गठन गरेको छ। जसको उपाध्यक्षमा पार्वती राना, सचिवमा झमु सेर्वुजा, सहसचिवमा दिपेन्द्र पुन, कोषाध्यक्षमा टोप वहादुर भुजेल, लगाएत रहनुभएको छ। सो भेलालाई सम्बोधन गर्दै नेकपा एमाले जिल्ला सचिव एवं लोकतान्त्तिक मगर संघका केन्द्रिय सदस्य लाल वहादुर थापाले नेपालमा वर्गिय संगै जातिय उत्पीडन पनि जोडिएको भन्दै एमालेले मात्रै जनजाती पहिचानको आन्दोलन हाक्न सक्ने दावी गर्नुभएको छ।
थापाले राजनैतिक स्थायीत्व सहितको आर्थिक सम्वृद्धिको अभियानको एमालेले अगुवाई गर्ने वताउनु भएको छ। कार्यक्रममा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघका पूर्व केन्द्रिय सदस्य तथा नेकपा एमाले संघिय मामिला तथा स्थानिय विकास विभाग केन्द्रिय सदस्य सुनिल शेरचन, नेकपा एमाले जिल्ला कमिटि उपसचिव तथा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसाल, नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा वडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाईजा, जिल्ला कमिटि सदस्य विना थापा, जिल्ला कमिटि सदस्य यम वहादुर श्रीस, पूर्व जिल्ला कमिटि सदस्य खड्क पुन, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम नेपाल लोकतान्त्तिक आदिवासी जनजाति महासंघका जिल्ला उपाध्यक्ष ढालेन्द्र शेरचनको अध्यक्षता तथा अनेरास्ववियू जिल्ला उपाध्यक्ष दिनेश थापाको संचालनमा सम्पन्न भएको थियो।
फोटो एटेज गरिएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend