logo
  • मंगलबार, असोज १३ २०८३

नेपाल रेडक्रस तम्घास उपशाखाको सभापतिका श्रेष्ठ


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गुल्मी फागुन ५।
नेपाल रेडक्रस सोसाइटी तम्घास उपशाखा गुल्मीको सभापतिमा गोमराज श्रेष्ठ निर्वाचित भएका छन् । शाखाको शनिवार सदरमुकाम तम्घासमा सम्पन्न १०आंै अधिबेशनबाटे श्रेष्ठको सभापतित्वमा ९ सदस्यीय कार्य समिती निर्वाचित गरेको हो ।
समितिको सदस्यमा रेशम कुवँर, माधब ज्ञवालि, कृष्णप्रसाद पोख्रेल,दान बहादुर बस्नेत, शान्ति नेपाली ,निर्मला अर्याल,मुकुन्द प्रसाद भण्डारी ,नेत्रबहादुर बस्नेत रहेका छन् । अधिबेशनमा रेसुङा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालको प्रमुख आतिथ्यतमा रहेको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख भुसालले नव निर्वाचित कार्य समितिलाई बधाई दिँदै आगामी कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रममा रेडकस जिल्ला शाखा गुल्मिका मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, गुल्मी उधोग बाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले लगायतले नव निर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए ।ईश्वरि प्रसाद पौडेलको सभापतित्वमा र सचिब रेशम कुवरको सन्चालनमा रहेको थियो । समितिको कार्यबिभाजन १ र२ दिनमा सबैको सहमतिमा टुंगो लगाउने जानकारी नबनिर्वाचित सभापति श्रेष्ठले दिए। त्यस्तै नेपाल रेडक्रस सोसाइटी गुल्मी दरबार गाउँपालिका वडा नं १ बलिथुम उपशाखा गुल्मीको पाँचौ अधिवेशन सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका मन्त्री तथा निर्वाचन अधिकृत राजेन्द्रप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेकोे थियो । अधिवेशनद्धारा प्रेम बहादुर मास्कोटीको अध्यक्षता ८ सदस्य नयाँ रेडक्रस उपशाखा कार्य समितिको गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend