logo
  • आइतबार, असोज ११ २०८३

शिक्षामा सवैको पहुँच पुग्नु पर्ने राष्ट्रपति भण्डारीको भनाई महोत्सव भब्य रुपमा चल्दै


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल , गुल्मी फागुन ५।
राष्ट्रपति विद्यादेवि भण्डारीले सार्वजनिक शिक्षाको पहुँच आधारभुत वर्गमा पुग्नु पर्ने वताउनु भएको छ। शुक्रवार त्रिभुवन मावि मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घा गुल्मीको स्वर्ण महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा वताउनु भएको हो।आर्थिक विपन्नता र चेतनाका कारण विद्यालय वाहिर रहेकाहरुलाई विद्यालय मा ल्याउन सवैको दायीत्व हुने भन्दै भण्डारीले समाज रुपान्तरणको महत्वपूर्ण आधार विद्यालय हुने वताउनु भएको छ।भण्डारीले फरक प्रसंगमा जननिर्वाचित प्रतिनिधि मार्फत राजनैतिक स्थिरता, स्थायी शान्ति सहित दिगो विकास गर्दै समानता र न्यायमा आधारित समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा लाग्नुपर्ने आवश्यकता भएको वताउनु भएको छ।
कफि उत्पादनमा गुल्मीको भूमिका भएझैं प्राविधिक शिक्षा र शैक्षिक गुणस्तरको माध्यमवाट नेपालकै शिक्षा विकासमा त्रिभुवन माविले भूमिका खेल्ने विश्वास समेत राष्ट्रपतिले व्यक्त गर्नुभएको थियो। कार्यक्रममा पूर्व मन्त्रि तथा गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्णराज विष्टले गरिवि र अभावमा वाँचिरहेका नागरिकहरुको लागी राज्यले यथोचित व्यावस्था गर्ने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
आधारभूत शिक्षा अनिवार्य र माध्यमिक शिक्षा निशुल्क गर्ने सहितको अधिकार स्थानिय तहमा आएको भन्दै विष्टले शैक्षिक जागरणमा राज्य संगसंगै स्थानिय समुदायको समेत भूमिक हुने वताउनु भएको छ। कार्यक्रमको सुरुमै राष्ट्रपति भण्डारीले विद्यालयमा स्थापना गरिएको स्वर्ण स्मारकको अनावरण गर्नुभएको थियो। कार्यक्रममा पूर्व मन्त्रि तथा सांसद प्रदिप ज्ञवाली, सोमलाल पाण्डे, सांसद मैनादेवि भण्डारी लगाएतको सहभागिता रहेको थियो।
कार्यक्रम स्वर्ण महोत्सव मुल समारोहका अध्यक्ष झविराम शर्माको अध्यक्षता तथा शिक्षक दधिराम शर्मा तथा गोपाल रायमाझिको संचालनमा सम्पन्न भएको थियो। कार्यक्रममा रामचन्द्र चन्द, रमेश थापा, विष्णु श्रीपाली लगाएतका कलाकारहरुले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए। कार्यक्रममा स्थानिय संस्कृति झल्कीने, गुरुङ समुदायको पहिचान सहितको झाँकी, पञ्चैवाजा लगाएत विविध साँस्कृतिक झलकहरुप्रस्तुत गरिएको थियो।२०२४ सालमा स्थापना भएको विद्यालयले शैक्षिक गतिविधि संगै विभिन्न विधाका कार्यक्रम पनि संचालन गर्दै आएको छ। कार्यक्रममा सहयोगी, चन्दादाता लगाएतलाई सम्मान गरिएको थियो। विद्यालयको स्वर्ण महोत्सव ७ गते सम्म चल्ने विद्यालयले जनाएको छ। स्वर्ण महोत्सवको अवसरमा शैक्षिक गुणस्तर वृद्धि तथा प्राविधिक शिक्षा संचालनको लागी सहयोगी हरुले सहयोग गर्ने क्रम पनि जारी रहेको छ। हाल सम्म झण्डै पौने २ करोड रकम संकलन भएको विद्यालयले जनाएको छ। फोटो एटेज गरिएको छ। (कार्यक्रम सुरु हुने समय देखि राष्ट्रपति फर्किदा सम्मको फोटो फिचर)

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend