साझा नेटवर्क
विमल खड्का, बागलुङ फागुन ३ ।
प्रदेश न ४ स्तरीय प्रथम कराँते प्रतियोगितामा बडिगाड कराँते डाेजाेले विभिन्न पदक हात पारेकाे छ । गत साेमबार बागलुङको बिहुकाेटमा भएको ४ न प्रदेश स्तरीय प्रथम कराँते प्रतियोगितामा बडिगाड डाेजाेले बिभिन्न् पदक भित्राउन सफल भएकाे छ। प्रतियाेगितामा ३५ केजि ताैलमा नवीन थापाले ( प्रथम) एक शाेर्ण हात पारेका छन ।
साेहि अवसरमा ३० केजि ताैलमा सुदिप पाण्डे ,५० केजि ताैलमा साहिल पुन , ६५ केजि ताैलमा निलम थापा महिला तर्फ ५५ केजि ताैलमा बिपसा थापा( दाेश्राे) भई ४ रजत पदक भित्राएका हुन ।
२५ केजि ताैलमा बिज्जल पाईजा ,महिला तर्फ ३५ केजि ताैलमा सुमना घर्ती, ४० केजि ताैलमा प्रतीक्षा राना ,४५ केजि ताैलमा अनुराधा अाचार्य र ६० केजि ताैलमा ललिसा थापा( तेस्रो)भई कास्य पदक भित्राएकाे बडिगाड डाेजाेका प्रमुख प्रशिक्षक राजन पाईजाले बताए। प्रशिक्षक पाईजाले भने अझैपनि यस्ता पदक भित्राउन राज्यले खेलकुदमा लगानी गर्नु पर्ने तर्क राख्दै अागामी हुने प्रतियोगितामा अझ शंशत्त तरिकाले अगाडि बढ्ने बताएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend